Headlines News :
fb
Home » » समान्य प्रशासन मन्त्रीले भने 'बिफ्रकेस बोकेर आउनेको टाउको फुटाइदिन्छु'

समान्य प्रशासन मन्त्रीले भने 'बिफ्रकेस बोकेर आउनेको टाउको फुटाइदिन्छु'

 विराटनगर-समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवा–बढुवाका लागि बिफ्रेकेस(रुपैयाँ) बोकेर मन्त्रालय आउने कर्मचारीको टाउको त्यही बिफ्रकेशले फुटाइदिने चेतावनी दिएका छन्।
साउनपछि 'मालदार अड्डा'मा सरुवाका लागि बिफ्रकेस बोकेर आउने कर्मचारीको टाउको त्यही बिफ्रकेस बजारेर फुटाइदिने बताए।

'म काहाँ बिफ्रकेस बोकेर सरुवा–बढुवाका लागि नआउनु होला,' समान्य प्रशासन मन्त्रालयले आइतवार विराटनगरमा आयोजना गरेको निजामति सेवाका समस्या, चुनौती र समाधानका उपायबारे अन्तरकृयामा बोल्दै मन्त्री पण्डितले भने, 'मानवअधिकारको ख्याल गरेर म त्यति फर्काइदिन्न, त्यही बिफ्रकेसले टाउको नै फुटाइदिन्छु।' उनले साउन महिना लागेपछि सरुवाका लागि समान्य प्रशासन मन्त्रालयमा कर्मचारीको 'मेला' लाग्ने गरेको सुनेको पनि बताए। 'मेला लाग्न नआउनु होला, कुनै पकेटमारले पकेट मारिदियो भने रुदै फर्किनुपर्ला,' उनले भने, 'मन्त्रालयले सरुवाका लागि मापदण्ड निर्धारण गरेकाले भनसुनको आधारमा केही हुँदैन।'

उनले सेवाग्राहीलाई बैंकले साँवा डिपोजिट गर्दा ब्याज दिने जसरी नै निजामति कर्मचारीले जनताको काम गर्नुपर्ने बताए। 'असल राष्ट्र सेवक बन्नुस, जनताको काम गर्नुस,' उनले भने।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar