काठमाडौ, जेठ २१ – मुलुकका जल्दाबल्दा समस्यामाथि छलफल गरेर टुंगो लगाउने थलो संसद ।
अनि देशकै मुल कानुन संविधान बनाउने ठाउँ संविधानसभा । राजनीतिक दलका गन्नेमान्ने मान्छे र सरकारी वरिष्ठ कर्मचारीको जमघट । यही जमघटकाबिच संविधानसभा तथा संसद वैठकमा महत्वपूर्ण विषयबारे गम्भीर बहस र छलफल चलिरहँदा धेरै सभासद हाई काढ्छन् । कोही आँखा मिच्दै झकाउँछन् । कोही कोही त घुरेरै निदाउन थाल्छन् ।
निदाएको फोटो पत्रिकामा छापिएपछि देख्नेहरुले सभासदको खिल्ली उडाउँछन् । दिउँसै निदाउनेहरुले के संविधान बनाउलान्, देशको समस्या कसरी सुल्झाउलान् भनेर टिकाटिप्पणी हुन्छ ।
देख्नेलाई समेत लाज हुनेगरी सभासद यसरी वैठक चलिरहेको बेला किन निदाउँछन् त ? डाक्टरहरु भन्छन् - यसमा दुईवटा कारण हुन सक्छ । एउटा गर्मी, अर्को विषयवस्तुमा अरुची । ‘गर्मीका कारण शरीरको तापक्रम सामान्यभन्दा बढी हुँदा पनि निद्रा लाग्छ, अनि काममा रुची भएन पनि शरीरमा आलश्य उत्पन्न हुन्छ र निद्रा लाग्छ’ वीर अस्पतालका डा. भुपेन्द्र बस्नेतले उज्यालो अनलाइनसित भन्नुभयो ।
बाहिर उकुसमुकुस भएपनि संविधानसभा हलभित्र निद्रा नै लाग्ने गर्मी छैन । किनकी त्यहाँ चिसो हावा फाल्ने एसीको व्यवस्था छ । त्यसो भए सभासद विषयवस्तुमा अरुची भएका कारण निदाएको हो भनेर जसले पनि भन्न सक्छ ।
केही दिनदेखि संविधानसभा वैठकमा राज्य पुनर्संरचनाको विषयमा छलफल सुरु भएको छ । संघीयता कस्तो हुनुपर्छ भन्ने सबैका पुरानै अडान र विचार कायमै छ । कुन दलका सभासदले के बोल्छ भन्ने पहिल्यै थाहा भएपछि सबैलाई रुची लाग्ने कुरा पनि भएन । विषयवस्तुमा रुची नभएपछि निद्रा लाग्नु स्वभाविक नै हो ।
सभासद मात्रै होइन, योबेला स्कूल÷क्याम्पसमा कक्षाभित्र पढिरहेका विद्यार्थी समेत निदाउँछन् । खेतमा काम गरिरहेको किसान एकछिन शितलमा बस्यो भने त्यहीँ झकाउन थाल्छ । कोही कोही त बाटोमा हिँड्दा हिँड्दै पनि निदाउन खोज्छन् । ‘शरीरमा हुनुपर्ने सामान्य तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढि भएको बेला उर्जा र फूर्ति घट्छ, अनि दिउँसै निद्रा लाग्छ’ डा. बस्नेतले बताउनुभयो ।
चिकित्सकहरूका अनुसार दिउँसोमा मानिसको शरीरमा उर्जाको मात्रा निकै तल झर्छ । उर्जाको लेवल तल झर्ने कारणले मानिसलाई दिउँसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । यस्तै अघिल्लो रात राम्ररी निद्रा नपरेको वा निद्रा बिथोलिदा पनि दिउँसो निद्रा लाग्न सक्छ । अनियमित जीवनशैलीका कारण रातमा पर्याप्त र मीठो निद्रा नपर्दा दिउँसोमा निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।
डाक्टरहरुका अनुसार कुनै रोगको औषधि खाइरहेको मान्छेलाइ पनि दिउँसो निद्रा लाग्छ । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् । दिउसोमा पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ ।
गर्मीको यो बेला दिउँसै निद्रा लाग्नु त स्वभाविक नै हो । तर संविधानसभा र संसद बैठकजस्तो महत्वपूर्ण ठाउँमा बस्दा सभासद निदाउनु त पक्कै राम्रो कुरा होइन । कक्षामा पढाइरहेको बेला विद्यार्थी निदाए भने शिक्षकले सजायँ दिन्छन् । वैठक कक्षमा निदाउने सभासदलाई यो त भएन है भनेर भन्नु बाहेक अरु के नै पो गर्न सकिन्छ र ?