मस्तिष्कघातले हुने प्यारालाइसीस्
डा. प्रवीण श्रेष्ठ, एम.डी.पि.,एच.डी.
कन्सल्ट्यान्ट न्युरोसर्जन
मस्तिष्कघात के हो ?
मानव शरीरको अति महत्वपुर्ण अंगहरुमध्ये मस्तिष्क पनि एक हो । मस्तिष्कलाई गाडीको इन्जिनसँग पनि दाँजेर हेर्न सकिन्छ । मस्तिष्कमा हरपल–हरक्षण पर्याप्त मात्रामा रगत, पोषण तत्व र अक्सिजनको आपुर्ति हुनु जरुरी छ । क्षणभरको लागि मात्र मस्तिष्कमा रगत र अक्सिजनको कमी हुन गएमा यसका कोषिकाहरु क्रमशः सुक्दै गएर अन्त्यमा तन्तुको मृत्यृु हुन जान्छ । यदि मस्तिष्कको तन्तुको मृत्यु हुन गएमा यसको एकभाग वा विभिन्न भागले काम गर्न छोड्छ र फलस्वरुप पक्षाघातको समस्या हुन्छ । त्यसो हुनगएमा शरीरको एकभाग–दायाँ बायाँ नचल्ने, मुख वाङ्गिने, एक भागको हात खुट्टा नचलल्ने समस्या हुन्छ । यस्तो समस्या वा रोगलाई स्ट्रोक वा पक्षाघातको रोग भनिन्छ । यो रोग शुरु हुँदा मस्तिष्कको सानो भागबाट शुरु हुन्छ र विस्तारै वढ्दै जान्छ । यदि समयमै उपचार गर्न सकिएन भने मस्तिष्कको खराबी वढ्दै गएर एक पट्टिको सिङ्गो मस्तिष्कमा असर पर्न सक्छ ।
मस्तिष्कघात कारण ?
माथि उल्लेख गरिए झै स्ट्रोक हुनुको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजनको आपुर्तिमा कमी हुनु हो । रक्तसञ्चारको कमी हुनुको मुख्य कारण रक्तनली जाम भएर रगत बग्ने बाटो बन्द हुनु हो । जसरी खेतमा पानी नपुगेर खेतको माटो सुकेर जान्छ, त्यसरी नै मस्तिष्कमा आवश्यक रक्तसञ्चार नभएमा मस्तिष्क पनि सुकेर जान्छ । रक्तनली जाम हुनुका कारण नली खुम्चिएर रक्त प्रवाह राम्रोसँग नहुनु अथवा रक्तनलीमा जम्मा भएका अनावश्यक रक्तकणले रक्तनली बन्द गराउनु हो । जुनसुकै कारणले रक्तनली जाम भएपनि मस्तिष्कमा रक्तसञ्चार कम भई (स्ट्रोक) पक्षाघात हुन सक्छ ।
मस्तिष्कमा रक्तश्राव (ब्रेन हेमरेज) भनेको के हो ?
ब्रेन हेमरेज भनेको मस्तिष्कमा रक्तश्राव हुनु अथवा रगत जम्नु हो । यो अवस्था भनेको माथि भनिए झै स्ट्रोकको ठीक उल्टो अवस्था हो जसमा रक्तसञ्चार अत्यधिक भएर रगत जम्दछ । ब्रेन हेमरेजले पनि मस्तिष्कलाई क्षति पु¥याएर पक्षाघातको समस्या निम्त्याउन सक्छ ।
मस्तिष्कघात अन्य लक्षणहरु ः
स्ट्रोकको रोग लागेमा बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एकपाखो हात÷खुट्टा लुलो भई प्यारालाइसिस अथवा पक्षाघात हुने, क्षारेरोग वा शरीर कम्पन हुने समस्या हुनसक्छ । माथि उल्लेखित लक्षणहरु मस्तिष्कको कत्रो भाग र कुन भागमा असर परेको छ त्यसमा निर्भर हुन्छ । स्ट्रोक भएको केही दिनदेखि १—२ हप्तासम्म असर परेको मस्तिष्कको भाग वरीपरी मस्तिष्कको सुजन अथवा मस्तिष्क सुन्निएर आउँछ र त्यसले मस्तिष्कको प्रेसर, (इन्ट्रा क्रेनियल प्रेसर) बढाएर मस्तिष्कलाई थप क्षति पु¥याउँदछ । त्यसैले गर्दा स्ट्रोक भएको विरामी पहिलो केही दिनदेखि केही हप्ता झन–झन नाजुक हुँदै जान्छ र अन्तिममा बिरामीको मृत्यु पनि हुनसक्छ । यदि यस्ता बिरामीलाई बचाउन सकियो भने केही हप्तपछि स्ट्रोक शान्त अवस्था (क्रोनिक स्टेज) मा जान्छ र विस्तारै लक्षणमा सुधार आउन थाल्दछ ।
उपचार ः
स्ट्रोकका बिरामीलाई सकेसम्म चाँढै उपचार शुरु गर्नु अत्यन्तै जरुरी हुन्छ । केही घण्टाभित्रै उपचार शुरु गर्न सकियो भने बन्द भएका नसा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन वा स्थायी असरलाई न्यूनीकरण गर्न सकिन्छ । यसको उपचार मुलभूतरुपमा औषधिको प्रयोग नै हो नकि अपरेशन अथवा शल्यक्रिया । औषधिको प्रयोग गरी पर्याप्त मात्रामा मस्तिष्कमा रक्तसञ्चर गराउने, पर्याप्त मात्रामा अक्सिजनको सञ्चार गराउने, मस्तिष्कको थप क्षति हुनलाई कमगर्ने, छाती तथा मुटुको अवस्थालाई स्थिर बनाई राख्ने, आदि गरेमा क्रमैसँग यो रोगबाट बिरामीलाई बचाउन सकिन्छ ।
कहिले काही मस्तिष्कको इन्ट्रा क्रेनियल प्रेसर अत्यधिक वढ्न गएमा शल्यक्रियाको आवश्यकता पनि पर्न सक्दछ । यी सबै उपचार गर्दागर्दै पनि कहिले काही समस्याको नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृत्रिम श्वास–प्रश्वास गराउने यन्त्र) मा राख्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसको बाबजुत पनि विरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । संसारमा मानिसको मृत्यु हुने प्रमुख कारणहरु मध्ये स्ट्रोक पनि पर्दछ ।
बिरामीको अवस्थामा सुधार भएमा १–२ महिनपछि बन्द भएको नसा खोल्ने शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ ।
अरु सम्भावित समस्याहरु ः
स्ट्रोक भएको बिरामी पहिलो केही दिनदेखि केही हप्तासम्म ओछ्यानमा परी राख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । त्यसले गर्दा थप नयाँ शारिरीक समस्याहरु आउनसक्ने सम्भावना हुन्छ । प्रायः सवै जसोलाई हुने समस्या भनेको छातीको खराबी चेष्ट इन्फेक्सन हो । जति दिन बित्दै गयो उति छातीमा कफ जमी छातीको अवस्था विग्रदै जाने सम्भावना हुन्छ । त्यस्तो भएको खण्डमा एण्टी बायोटिकको उपचार वाहेक भेण्टीलेटरको आवश्यकता पनि पर्न सक्छ ।
यदि ५÷७ दिनभन्दा लामो समय भेन्टिलेटरमा बिरामीलाई राख्नुप¥यो भने छाती झन खराब हुनसक्ने सम्भावना हुन्छ । त्यसैले गर्दा छातीबाट कफ निकाल्न र श्वास–प्रश्वासलाई सजिलो बनाउन घाँटीको एउटा सानो शल्यक्रियामा श्वास नलीमा सानो प्वाल बनाई सास फेर्ने पाइप राखिन्छ, जसको माध्यमबाट छातीमा भएको कफ निकालिन्छ ।
अर्को सम्भावित समस्या हात खुट्टाको रक्तनली जाम हुनु हो, जसलाई डीप भेन थ्रम्बोसिस भनिन्छ । यस्तो समस्या आएमा पछि छाती र मुटुमा समस्या भई झन जटिल हुनसक्ने सम्भावना हुन्छ ।
शरीरलाई अत्यावश्यक पौष्टिक तत्व, प्रोटिन आदिको कमी हुनु अर्को समस्या हो । त्यसैगरी माथि उल्लेखित समस्याहरु लामो समयसम्म भईराखेमा हाल÷खुट्टा आदिमा घाउ हुने (बेडसोर) पनि हुन्छ । पछि गएर क्रमैसँग मृगौला, कलेजो आदिले काम गर्न छोड्ने सम्भावना पनि हुन्छ । त्यसैले माथि उल्लेखित समस्याहरु सकेसम्म नहोस् भनी सुरुदेखि नै ध्यान पु¥याई उपचार गरिन्छ ।
के स्ट्रोक पूरा निको हुन्छ ?
स्ट्रोक पूरा ठीक हुन्छ वा हुन्न भन्ने कुराको जवाफ अलि जटिल छ । यो कुरा स्ट्रोकको प्रकार, उपचारको प्रविधि, उपचार सुरु गरेको समय, विरामीको उमेर, अन्य शारीरिक समस्या वा रोग आदिमा भर पर्दछ । यदि स्ट्रोकले मस्तिष्कको ठूलो भागमा क्षति पु¥याएको छ भने विरामीलाई अपेक्षाकृत राम्रो नहुन पनि सक्छ । तर यदि अरु थप समस्याहरु भएन भने र केही हप्ता विरामीलाई बचाउन सकियो भने विरामीको अवस्थामा क्रमिक सुधार आउने सम्भावना बढ्दै जान्छ । अन्त्यमा बिरामी लौरोको सहाराले विस्तारै हिड्नसक्ने भएपछि पूर्णरुपले पहिलेकै जीवनमा फर्किन सक्ने सम्भावना पनि हुन्छ । तर प्रायः यस्ता बिरामीहशरु कि त जीवनभर लौरोको सहाराले हिड्नु पर्ने, ह्वीलचेयर सहारामा बाँच्नु पर्ने वा हिड्डुल गर्न नसक्ने अवस्थामा पुग्छन् । त्यस्तो भएको अवस्थामा कतिपय विरामीलाई चिन्ता र नैराश्यता जस्ता मानसिक समस्या आउने सम्भावना पनि हुन्छ । तर जसको मनोवल बलियो हुन्छ, त्यस्ता विरामीहरु चाहि अपेक्षाकृत राम्रो भई क्रमशः आफ्नो पुरानो जीवनस्तरमा फर्किने सम्भावना ठूलो हुन्छ । कतिपय विरामीहरु चाहि उठवस गर्नसक्ने नभई ओछ्यानमा नै परिराख्ने अवस्थामा पनि पुग्न सक्छन् । संक्षिप्तमा भन्ने हो भने स्ट्रोक भएका विरामीहरु केही हदसम्म लुलो, लंगडो, अपाङ्ग अवथा शारीरिकरुपमा दुर्बल हुने सम्भावना हुन्छ ।
तपाईको सहयोग ः
विरामीको उपचार भनेको मेडिकल टिम (डाक्टर÷नर्स÷फिजियोथेरापिस्ट÷स्पिच थेरापिस्ट्स) को प्रयासले मात्र सम्भव हुँदैन । तपाई र तपाईको परिवारका अन्य सदस्यहरुको सहयोगको पनि त्यत्तिकै आवश्यकता पर्दछ । सवैभन्दा पहिला तपाईले रोगको वारेमा राम्ररी बुझ्नु अति अवाश्यक हुन्छ । त्यसको लागि डाक्टरसँग राम्ररी सल्लाह गर्नुपर्दछ । आफुले बुझिसकेपछि परिवारका अन्य सदस्यहरुलाई पनि डाक्टरको भनाई बुझाई दिनुपर्छ । एउटै कुरा धेरैपटक अलग अलग मान्छेलाई भन्नुप¥यो भने डाक्टरलाई पनि झन्झट लाग्न सक्छ । तर कम्तिमा दिनको एकपटक भेटी तपाइलाई विरामीको बारेमा सवै जानकारी दिनु डाक्टरको कर्तव्य हो र तपाईको अधिकार पनि । त्यसैगरी सकेसम्म कुरा बुझेको मान्छेले डाक्टरसँग भेटेर सल्लाह गर्नु र डाक्टरको सल्लाह पालन गरी सहयोग गर्नु तपाईको कर्तव्य हो ।
तपाईको बिरामीलाई उपचार गर्ने एकजना मुख्य डाक्टर भएता पनि अरु थुप्रै डाक्टर तथा नर्सहरु पर्दा पछाडि हुन्छन् । तपाई पनि त्यस समूह भित्रै पर्नुहुन्छ । त्यसैले यदि तपाईको मुख्य डाक्टरलाई तपाईले भेट्नु भएन भने पनि आफ्नो बिरामीको उपचार भएको छैन भनी आँत्तिनु पर्ने आवश्यकता छैन । बिरामीको हौसला बढाउनु, उसको स्याहारमा सहयोग पु¥याउनु, उपचारको प्रविधिमा जस्तैः नर्सिङ्ग केयर, फिजियोथेरापी आदिमा सहभागी हुनु आदि तपाईको कर्तव्य हो । त्यस्तै अनावश्यक भिड नगर्नु, मोवाइलमा ठूलो स्वरमा कुरा नगर्नु, ठूलो आवजले म्युजिक नसुन्नु, अरुलाई बाधा नपु¥याउनु पनि तपाईको कर्तव्य हो । तपाई र चिकित्सकहरुको संयुक्त प्रयासले निश्चय पनि तपाईको बिरामीलाई सहयोग पुग्दछ ।
याद राख्नुस “डाक्टर देउता त होइन तर यमराज पनि होइन ।” डाक्टरले बिरामीका लागि सयमा सय मेहेनत गर्छन, प्रयास गर्छन । नतिजा त ईश्वरले नै दिने हुन् ।