काठमाडौं, असार ४ – साउदी अरेबियाले बुढीगंगा जलबिद्युत आयोजनाका लागि झण्डै २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।
अछाममा रहेको जलविद्युत आयोजना २० मेगावाट क्षमताको रहेको छ ।
सम्झौतामा अर्थमन्त्रालयको तर्फबाट अर्थसचिव युवराज भुषाल र साउदी फण्ड फर डेभलपमेन्ट एसएफडीको तर्फबाट उपाध्यक्ष तथा प्रबन्ध निर्देशक युसुफ विन इब्राहिम अलबासामले हस्ताक्षर गर्नुभएको छ ।
एसएफडीको टोलीले अर्थमन्त्री डा रामशरण महतलाई भेटेर नेपालसँगको सम्वन्ध बिस्तार गर्न दूतावास नै खोल्न लागिएको जानकारी पनि गराएको छ । भेटमा अर्थमन्त्री डा महतले बिगतमा साउदी अरेबियाको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विश्व बैंकको रेटिङ अनुसार नेपालले झण्डै ३० अर्ब रुपैयाँ बराबरको सहायता पाउने बताउनुभयो । बुढीगंगा जलविद्युत आयोजनाका लागि कुवेत फण्डले गत बर्ष नै झण्डै १ अर्ब ८० करोड सहयोग गर्ने सम्झौता गरिसकेको छ ।