आनाकानी गर्दै घरको पर्खाल भत्काउन दिएनन्
काठमाडौं,जेठ२१–उपराष्ट्रपति परमानन्द झाले सडक विस्तारको क्रममा आफ्नो घरको पर्खाल नभत्काएर अबरोध गरेका छन् । पदको दुरुपयोग गर्दै उपराष्ट्रपति झाले पर्खाल भत्काउन आलटाल गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।
बौद्धद्वार९गौरीघाट सडक विस्तारको क्रममा परेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनका लागि उप९राष्ट्रपति झाले पहिला नै सडकका लागि आफूले जग्गा छेडिसकेको दाबी गर्दै भत्काउन आलटाल गर्दै आएको स्थानीयको भनाइ रहेको छ ।
सडक विस्तारको क्रममा परेको ४२ वटा घरहरुमध्ये अधिकांश घर र पर्खाल भत्काउन कार्य सम्पन्न भए पनि उपराष्ट्रपतिको अडानका कारण उनको पर्खाल भत्काउने कार्य शुरु हुन नसकेको भन्दै स्थानीयबासीले तत्काल भत्काउन माग गरेका छन् । ११ मिटर चौडा बाटो विस्तारको क्रममा उपराष्ट्रपति झाको घरअगाडि रहेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनुपर्ने गरी काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले मापदण्ड तोकेको थियो ।आजको समाचारपत्र दैनिकमा खबर छ ।