रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत पाँचौं भाषा परीक्षाका लागि बुधबारदेखि फारम संकलन सुरु भएको छ । बिहान ९ बजेदेखि आवेदन फारम संकलन हुने भएपनि फारम संकलनका लागि तोकिएका ठाउँमा रातीदेखि नै भीड लागेको छ ।
आउँदो शनिबारसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म फारम बुझाउन सकिने श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।
