Headlines News :
fb
Home » » टेकुको मूल सडकमै रहेको घरको भाडा २ सय ५० मात्र!

टेकुको मूल सडकमै रहेको घरको भाडा २ सय ५० मात्र!

काठमाडौंको कालिमाटीदेखि टेकु सडकमा मेनरोडसँगै जोडिएर बनाइएको चार सटर भएको घरको भाडा मासिक दुई सय ५० रुपैयाँ । यो कुनै विज्ञापन होइन । आजको आर्थिक दैनिकमा छापिएको समाचार हो।

काठमाडौंमा चर्को कोठा भाडा तिर्नुपर्ने डेरावालालाई त पत्यार पनि नलाग्ला ! तर, काठमाडौं महानगरपालिकाले मासिक दुई सय ५० रुपैयाँ भाडा तोकेर व्यस्त व्यापारिक भवन भाडामा दिएको खुल्न आएको छ ।

महानगरपालिकाका केही भ्रष्ट कर्मचारी, मेयर केशव स्थापित र तत्कालीन वडा नं. १२ का अध्यक्ष निरञ्जनकुमार श्रेष्ठ उक्त घर मासिक दुई सय ५० मा १५ वर्षको लागि भाडामा दिएको खुलासा हुन आएको छ । २०५६ सालमा तत्कालीन वडा अध्यक्षले सो घर भाडामा लगाएको महानगरपालिकाले जनाएको छ ।

२०५६ सालमा वडा अध्यक्ष र घर ठेक्का लिने ठेकेदार भुवनेश्वर दास प्रधानवीच भएको सम्झौताबमोजिम ठेकेदारले मासिक दुईसय ५० रुपैयाँ मात्र भाडा बुझाउनुपर्ने व्यवस्था छ । तर, उक्त घरका ठेकेदारले चारवटा सटरबाट न्यूनतम मासिक ५० हजार रुपैयाँभन्दा बढी उठाउँदै आएका छन् । उक्त घरबाट उठेको भाडा महानगरका उच्च अधिकारीको गोजीमा समेत पुग्ने गरेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar