काठमाडौं, जेठ २ – वीर अस्पतालमा कार्यरत एक भारतीय चिकित्सकले अल्ट्रासाउन्ड गर्न आएकी विवाहित महिलामाथि यौनदुर्व्यवहार गरेका छन् । पीडित महिलाका श्रीमानले न्याय पाउन माग गर्दै अस्पताल प्रशासनमा लिखित उजुरी दिएका छन् । सिन्धुपाल्चोक घर भइ इन्द्रचोकबस्दै आएकी २३ वर्षीया महिलालाई वीर अस्पताल रेडियोलोजी विभागका रेजिडेन्ट डाक्टर अरविन्द ठाकुरले यौनदुर्व्यवहार गरेका हुन् । ठाकुर भारत झारखण्ड स्थायी घर भई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट रेडियोलोजीमा एमडी गरिरहेका छन् ।
महिलालाई बुधबार साँझदेखि असैह्रय पेट दुख्न थालेपछि उनका श्रीमानले राती साढे १० बजे वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएका थिए । त्यहाँ कार्यरत चिकित्सकले बिरामीलाई एपेन्डीसाइटिसको आशंकामा तत्काल अल्ट्रासाउण्ड गर्न रेडियोलोजी विभाग पठाए ।
विभागमा रात्री ड्युटीमा थिए डा. ठाकुर । उनले महिलालाई अल्ट्रासाउण्डको साटो संवेदनशील अंगमा हातपात गरेर थप पीडा दिए । महिलाका श्रीमानले आफ्नी श्रीमतीमाथि डाक्टरले बलात्कार प्रयास गरेको भन्दै कारबाहीका माग गरेका छन् भनेर आजको नयाँ पत्रिका दैनिक यो समचार छापिएको छ ।