काठमाडौं, जेठ २ – सरकारले प्रत्येक गाविसमा एक चिकित्सक र प्रत्येक वडामा एक नर्स अनिवार्य उपलब्ध गराउने गरी नीति ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नीति मन्त्रिपरिषद् बैठकमा लैजाने अन्तिम चरणमा रहेको छ । प्रत्येक वडामा स्टाफ नर्स रहने गरी उपस्वास्थ्य वा स्वास्थ्य कार्यकर्ता टोली रहने गरी प्राथमिक उपचार केन्द्र स्थापना गर्ने गरी नीति ल्याइन लागिएको हो ।
केन्द्रमा साधारण ल्याव र एक्सरेसहितको स्वास्थ्य प्राविधिक टोलीसमेत रहने नीतिमा उल्लेख गरिएको छ । लामो समयदेखि तयारी क्रममा रहेको नीति नआउँदा २०४८ सालकै आधारमा सरकारले स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही नीतिका आधारमा अहिले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थादेखि केन्द्रीय अस्पतालमा सेवा प्रवाह हुँदै आएको छ ।
जनशक्ति पनि त्यसै अनुरुप परिचालन भइरहेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले नयाँ नीति तयार भइसकेकाले चाँडै नै मन्त्रिपरिषदमा लैजाने तयारीमा रहेको जनाएका छन् भनेर आजको राजधानी दैनिकमा यो समचार छापिएको छ । -