म आजभन्दा १० वर्षअघि मलेसियाको केलाङ्गमा रहेको एक फर्निचर कम्पनीमा काम गर्न आएको थिएँ । कम्पनी राम्रै चल्दै थियो ।
काम थालेको २ वर्षपछि कम्पनी झन् राम्रोसँग चल्न थाल्यो । नेपाली कामदारले मात्र कम्पनीमा काम गर्न नभ्याएपछि कम्पनीले साधारण तथा हलुंगो काम गर्न इन्डोनेशियाबाट महिला कामदार ल्यायो । यसै क्रममा मेरो एक इन्डोनेशियन महिलासँग प्रेम चल्यो ।
बिस्तारै हाम्रो प्रेम झाँगिदैं गयो । मेरो काम तीनवर्ष पुग्नै लाग्दा कम्पनीको मुख्य मालिक भाग्यो । त्यसपछि कम्पनी अर्कै व्यक्तिले चलाउन थाल्यो ।
हामीले त्यहि कम्पनीमा निरन्तर काम गरिरह्यौं । कम्पनीको मालिक फेरिए लगत्तै सेवा, सुबिधा र कमाई पनि फेरियो । ओभरटाइम हुन् छाड्यो । पहिला जत्तिको पनि कमाइ नहुने भएपछि हामीले उक्त कम्पनी छाड्ने सल्लाह गर्यौं। र हामी दुवैजना काम खोज्दै मलेसियाको अर्को प्रान्त पेनाङमा पुग्यौं ।
त्यहाँ पनि हामीले राम्रै काम पायौं । पेनाङको एक साउन्ड सर्भिस सेन्टरमा काम गर्न थाल्यौँ । केलाङको पछिल्लो समयको कमाइ भन्दा त्यहाँको कमाइ केहि चित्त बुझ्दो नै थियो । हामी त्यसैमा सन्तुष्ट थियौं ।
हुन त म पहिलेदेखि नै उनलाई धेरै माया गर्थें । उनको मायाले मलाई पागल जस्तो नै बनाएको थियो । आफ्नै श्रीमती जस्तै ठानेर म हरेक महिनाको कमाई उनको हातमा थमाइदिन्थे । यसरी दिन बित्दै गयो । पछि थाहा भयो उनको पेटमा बच्चा बस्न पुगेछ ।
त्यसपछि हामी प्रेमी प्रेमिकाबाट श्रीमान श्रीमती भयौं । पेनाङका केहि जान्ने बुझ्नेको सल्लाह सुझाव अनुसार हामीले हाम्रोे विवाहलाई आधिकारिक बनायौं ।
त्यसको ९ महिना पछि मेरो छोरी जन्मिइन् । अनि हामी केहि समयका लागि उनको माइत इन्डोनोशिया गयौं । त्यहाँ पनि काम गरियो । तर त्यहाँ चाहिँ म एक्लैले काम गरें । श्रीमतीलाई घरमै राखें ।
इन्डोनेशियामै काम गर्दा गर्दै फेरि अर्को बच्चा जन्मियो । हामी खुशी नै थियौं । यत्तिकैमा हाम्रो सम्बन्धको १० वर्ष पूरा भयो । एकदिन मैले श्रीमतीलाई सोधें–मेरो कमाई कहाँकहाँ प्रयोग भइरहेको छ र कति जम्मा भयो ?
मैले पैसाको कुरा सोध्ने बित्तिकै उनी रिसाइन् । हामीबीच तिक्तता शुरु भयो । रकम कति पनि बाँकी नरहेको र बिभिन्न काममा प्रयोग भएको उनले बताइन् । उनको कुरा मलाई विश्वास लागेन । फेरि सोधीखोजी गरें । तर सधैं ढाँटिन् ।
एकदिन मैले ज्यादै नै जिद्धी गरेपछि उनले अलिअलि पैसा बचेको छ, मैले राखिदिएको छु भनिन् । त्यसबेला भने मन केहि हल्का भयो । तर माग्दा उनले दिइनन् । त्यसपछि मलाई त्यहाँ बस्न मन लागेन । अनि घरको धेरै याद आयो । घरमा भएकी मेरी बुढी आमाको न्यास्रो लाग्यो । त्यतिबेला मैले सोचें कि अहिलेसम्म मैले कमाएको पैसा आमालाई पठाइदिएको भए र आमाले जम्मा गरिदिनुभएको भएको भए सायद मेरो कमाइले पथरीमा तीनतले घर बनाउन पुग्थ्यो होला ।
त्यति धेरै मेरो पैसा फस्यो । अहिले मलाई मेरी जेठी छोरी र आफू कसरी नेपाल फर्कने भन्ने मात्र लागिरहेको छ । हुन त मैले श्रीमतीलाई माया मारेको भने होइन । तर विश्वास भने घटेको हो । मेरो अनुभवमा जब मान्छेमा विश्वासको कमी हुन्छ, त्यहाँ माया पनि कम नै हुँदो रहेछ ।
मलेसियामा मजस्तै यसरी बिग्रिएको मान्छे धेरै छन् । ढिलै भएपनि मेरो बुद्धि आयो । घर फर्कनको लागि अहिले म फेरि इन्डोनेशियाबाट मलेसिया आएको छु र सेक्युरीटी काम गरिरहेको छु ।
(१९/२० वर्षको एक होनाहार युवा । नेपालमै स्वरोजगार भएर बस्ने प्रयास पनि गरेकै हो । जस्तोसुकै काम गर्न पनि पछि परेन । तर नेपालमा गरिएका यस्ता कामले साधारण दुई छाक खान मात्र पुग्यो । आफु सँगैका दौंतरीले मुग्लान गएर नयाँ घर खेत जोडीसके । तर आफ्नो अवस्था जस्ताको तस्तै । बिहान जुरुक्क उठेर हिँड्यो, रात अबेर घर फर्कियो । यसरी गरेको कामले बल्लतल्ल दुइ छाक खान मात्र पुग्ने । धेरै कमाउने लोभले हातमा हरियो पासपोर्ट बोकेर १० वर्षअघि मलेसिया आएका मोरङ्ग पथरीका प्रकाश काफ्लेसँग उज्यालो सहकर्मी भूमीराज पराजुलीले गरेको कुराकानीमा आधारित ।)