Headlines News :
fb
Home » » रिडीमा बहु प्रतिक्षित तीन मुखे झुलुङे पुलको निर्माण यसै साता बाट प्राम्भ हुँदै

रिडीमा बहु प्रतिक्षित तीन मुखे झुलुङे पुलको निर्माण यसै साता बाट प्राम्भ हुँदै

रिडीमा बहु प्रतिक्षित तीन मुखे झुलुङे पुलको निर्माण यसै साता बाट प्राम्भ हुँदै

 आषाढ २०।
नेपालमै पहिलो पल्ट रिडीमा बन्न लागेको तिनमुखे झोलुङे पुल अर्थात "ट्रीज" (दुइ मुखे लाई ब्रीज भनिन्छ भने तीन मुखे लाई ट्रीज भनिन्छ) को निर्माण कार्य चाँडैनै प्राम्भ हुने भएको छ्। गुल्मी पाल्पा र स्याङ्जा जिल्ला लाई होड्ने गरी निर्माण हुन लागेको यो पुलको निर्माण लागत ११ करोड रुपैया रहेको छ्। यसै साता बाट यसको अन्तिम सर्बेक्षण हुन लागेको यो पुल ३० महिनामा सम्पन्न गर्ने लक्ष राखीएको छ्। यस सम्बन्ध लाई लिएर केन्द्रिय पुल बिभाग बाट आएका प्रतिनिधिहरु तथा स्थानिय वासीहरुको बिच हिजो रिडी बगरमा ब्रिहद छलफल कार्यक्रमको आयोजना गरीएको छ्।

 कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले स्थानिय तहमा ठेकेदार कम्पनी र स्थानिय वासीहरुका बिचमा समन्वय गर्नका लागि स्थानिय तहमा समिती गठन गर्ने, पुल निर्माणका क्रममा निरन्तर अनुगमन गर्न तथा देखा पर्न सक्ने समस्याहरु लाई आपसी छलफल गरी समाधान गर्नका लागि पहल गर्न पर्ने कुराहरु उठाएका थिए। छलफलका क्रममा हाल बिद्यमान रहेको तीनवटै गाबिसका प्रतिनिधिहरुको सहभागीता रहेको रुरु क्षेत्र बिकास समिती लाईनै स्थानिय समन्वय समितीको रुपमा परीचालन गर्ने मौखिक सहमती समेत भएको छ्। पुल निर्माण पछी यसले रिडीको पर्यतन प्रबर्धनमा ठुलो फड्को मार्ने अपेक्षा गरीएको छ्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar