Headlines News :
fb
Home » » तनाबका पुर्बलक्षणहरू !

तनाबका पुर्बलक्षणहरू !

तनाबका पुर्बलक्षणहरू !
हाम्रो शरीरले नै हामीलाई स्वास्थ्य बिग्रिन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने हो भने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने हो भने रोगले निकै दुख दिन्छ । यस्तै एउटा समस्या तनाब पनि हो ।तनाबलाई प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा लिइन्छ। यदि यस्ता तनाबका पूर्व संकेतलाई वेवास्ता गरियो भने समस्या बढ्छ र सरीरमा उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ ।
ती पूर्वसूचना वा संकेतहरु निम्न छन् । जसबाट हामीले बुझ्नुपर्छ की म तनावमा फसिरहेको छु :
१- यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ की आफुलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।
२- मांसपेशी कडा हुनु तनावको दोश्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीँ निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।
३- आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।
४- दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
५- महिलाको हकमा महिनावारी अनियमित हुनु पनि तनावको लक्षण हो । बढि रक्तश्राव हुनु तथा पीडा हुनु पनि तनावका लक्षण मानिन्छन् ।
६- कपाल बढि झर्नु र खश्रो खैरो बन्दैजानु पनि तनावको लक्षणको रुपमा लिइन्छ ।
७- पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।
८- रुघाखोकीले बढि मात्रामा सतायो भने पनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढि हुन्छ र उसलाई चिसोले समाउने खतरा बढि हुन्छ ।
===================================
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
एक शेयर गर्न नबिर्सनूहोला"
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar