काठमाडौ, वैशाख ३१ - सँधै कडा र चर्को स्वरमा राजनीतिक भाषण गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम बुधबार भने एक कार्यक्रममा आँशु थाम्न सकेनन् । आँखाबाट झरेको आँशु उनले लुकाउन सकेनन् । सबैको सामु रुमालले पुछिरहे ।
त्यसो त रुनेमा गौतम मात्र भने थिएनन् । कार्यक्रममा उपस्थित सबैको आखा रसाएको थियो । कति भक्कानिए नै । प्रसंग माइती नेपालद्वारा आयोजित 'मानव वेचविखनको वदलिंदो स्वरुप र हाम्रो सामुहिक प्रतिबद्धता' कार्यक्रमको हो ।
कार्यक्रममा जव वेचविखनलगायतका हिंसा पीडित किशोरीहरुले आफ्नो पीडा समेटिएको भावपूर्ण नाटक प्रस्तुत गरे सबै दर्शकहरु भावविह्वल बने । त्यसबाट गृहमन्त्री गौतम् पनि अछुतो रहन सकेनन् । उनको आँखाबाट पनि आँशु झरे । उनले मुटू दह्रो पार्दै प्रतिबद्धता पनि जनाए, 'यो निकृष्ट र घृणित अपराधलाई निरुत्साहित र निर्मूल बनाउन सरकार प्रतिबद्ध छ ।'