Headlines News :
fb
Home » » इजरायलको जेरुशलेममा निजी कारको ठक्करबाट एक नेपाली महिला गम्भिर घाइते

इजरायलको जेरुशलेममा निजी कारको ठक्करबाट एक नेपाली महिला गम्भिर घाइते

रोजगारीको शिलशिलामा इजरायलको जेरुशलेममा कार्यरत अन्दाजी ३० बर्षिय एक नेपाली महिला निजी कारको ठक्करबाट गम्भिर घाइते भएकी छिन् । करिव ८ बर्षअघि रोजगारीकालागि इजरायल प्रवेश गरेकी काठमाण्डौको गंगवु निवासी विष्णुमाया आचार्य नाम गरेकी महिला लामो समयदेखि लिभआउट केयरगिभरको रुपमा कार्यरत थिइन ।


नियमित रुपमा आफ्नो काममा जाने क्रममा आज विहान करिव ९ बजे सडक पेटीमा हिड्दै गरेको अवस्थामा निजी कार सडक पेटीमै चढेर आचार्यलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानिय वासिन्दालाई उदृत गर्दै नेपाली नारी आवाज इजरायलकी अध्यक्ष अम्विका क्षेत्रीले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो । घाइतेको अवस्था अत्यन्तै गम्भिर र चिन्ताजनक रहेको वताइएको छ । उनको टाउकोमा गम्भिर चोट लाग्दा मस्तिष्कमा अत्याधिक रक्तश्राव भइरहेको छ भने करङको हाड भाँचिएर फोक्सो र कलेजो छेडिएको छ त्यस्तै ढाड पनि भाँचिएको उनको उपचारमा संलग्न चिकित्सक प्रोफेसर स्पोनलाई उदृत गर्दै समाजसेवी क्षेत्रीले जानकारी दिनुभयो ।

आचार्यलाई गाडीले ठक्कर दिएपछी स्थानिय वासिन्दाको सहयोगमा एम्वुलेन्स मार्फत हदासा एन्केरेन अस्पताल पुर्याइएको थियो । अहिले ठक्कर दिने गाडी र चालक इजरायल प्रहरीको नियन्त्रणमा रहेको थाहा हुन आएको छ । घाइते विष्णुमाया आचार्य हाल हदासा एन्केरेन अस्पतालको इमर्जेन्सी वार्डमा मृत्युसँग संघर्ष गर्दै कोमामा रहेको चिकित्सकले बताएका छन् । चिकित्सकले उनको शरिरबाट अत्याधीक रक्तश्राव भइऱहेको जनाउदै अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् । विष्णुमाया आचार्यलाई गाडिले ठक्कर दिएको र अस्पताल पुर्याइएको जानकारी पाएपछी नेपाली नारी आवाज इजरायलकी अध्यक्ष अम्विका क्षेत्री र कार्यकारी सदस्य इश्वरी थापा हदासा एन्केरेन अस्पताल पुगेका छन् । यस विषयमा थप हामी थप जानकारी लिने कोसिस गरिरहेका छौं । विस्तृत जानकारीकोलागि हामी नेपाल इजरायल डट नेट हेर्दै गर्नुहोला । - ©नेपल इजरायल डट नेट 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar