काठमाडौं, वैशाख ३१ । नेपालमा अहिले ४८ हजार ५ सय एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको छ । एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालले आज राजधानीमा कार्यक्रम गरी १५ देखि ४९ वर्ष उमेरका ४१ हजार १ सय १०, ५० वर्ष उमेर पूरा गरेका ३ हजार पाँच सय ५० र ३ हजार ८ सय ४० जना बालबालिका एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रत्येक वर्ष १ हजार ४ सय ८ जना नयाँ एचआइभी संक्रमित देखा पर्ने गरेको जानकारी दिइएको थियो । एचआइभी संक्रमित मध्ये लागू पदार्थ सेवनकर्ता, यौनकर्मी महिला, आप्रवासी कामदार र समलिंगी वर्ग बढी जोखिममा रहेको पाइएको छ ।
कार्यक्रममा सहभागीहरुले परिवारका सदस्यहरुले एचआइभी संक्रमितलाई घृणा गर्ने हँुदा उनीहरुको जीवन कठिन बन्ने गरेको भन्दै माया गरेर सबैसँग घुलमिल हुने वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए ।
सरकारले एचआइभी संक्रमितका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरेपनि औषधि सेवन गर्न जाने स्थान टाढा हँुदा अझै ३० प्रतिशत भन्दा बढीको औषधि सेवनसम्म पहुँच पुग्न नसकेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।