काठमाडौं, जेष्ठ ४ । भियतनाममा चीन विरोधी दंगाको लहर बढेपछि चिनियाँ नागरिकलाई स्वदेश फर्काइने भएको छ । चिनियाँ समाचार एजेन्सी सिह्नवाका अनुसार बेइजिङले विमान चार्टर गरि र पानी जहाजबाट तीन हजारभन्दा बढी चिनियाँ नागरिकलाई स्वदेश फर्काउन लागेको हो ।
विवादास्पद दक्षिणी चिनियाँ समुद्रमा चीनले तेल उत्खनन गरेको विरोधपछि भियतनाममा शुरु भएको चीन विरोधी दंगामा दुई चिनियाँ नागरिक मारिएका छन् ।
सयभन्दा बढी घाइते भएका छन् । चीन विरोधी प्रदर्शनकारीले दक्षिणी भियतनामस्थित औद्योगिक पार्कभित्रका चिनियाँ व्यापारीले सञ्चालन गरेकासहित १५ भन्दा बढी कारखानामा आगजनी गरेका थिए ।
भियतनाम सरकारले प्रदर्शन अन्त्य गर्न प्रदर्शनकारीलाई आग्रह गरेपनि रोकिएको छैन भने चीनले कडा कदम चाल्न भनेको छ । चीनले विवादास्पद जल क्षेत्रमा तेल उत्खनन् नरोक्ने पनि प्रष्ट गरेको छ ।
fb