" ७ वर्षमा एक लाख पर्यटकलाई सेवा, थप ४ वटा एसि सहितका वस थप्ने तयारी, ११ करोड लगानी पुग्ने "
दिननाथ बराल-पोखरा २७, वैशाख । पर्यटकीय नगरी पोखराबाट भारतको राजधानी दिल्लीसम्मका लागि दैनिक रुपमा सिधा पर्यटक स्तरीय बस सेवा संचालनमा आएको छ । जगदम्बा टुर्स एण्ड टाभल्सको भगिनी संस्था मोडन टुर्स एण्ड ट्राभल्र्सले हप्ताको सातै दिन उक्त सेवा दिन सुरु गरेको हो ।
७ बर्ष अघि देखि आफ्नो पोखरा दिलीसेवा सुरु गरेको ट्राभल्सले पहिला सोमबार, बुधबार र सुक्रबार हप्ताको तीन दीन हुदै पाँच, छ दिन हुदै हाल सातै दिन उक्त सेवा संचालनमा ल्याएको हो । आन्तरीक तथा बाह्यि पर्यटकहरुको माग अनुसार आफुहरुले सेवामा विस्तार गरी हाल सातै दिन पोखरा दिल्ली र दिल्ली टु पोखराको लागि सिधा वस सेवा संचालनमा ल्याएको मोडन टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए । भारतीय पर्यटक सहित चाईनीज पर्यटकहरु समेत पोखरा दिल्ली सेवा वसको प्रयोग गर्ने गरेको बताएका अधिकारीले करीब ६० प्रतिशत यात्रुहरु भने ग्रामिण भेगका नेपालीहरु नै रहने गरेको दाबी गरे ।
नेपालीहरु भारतमा विभिन्न कारणले जाने गरेकोले पनि उनीहरुले सिधा वस नै बढी प्रयोग गरेको बताएका अधिकारीले पश्चिमाञ्चल क्षेत्रका व्यक्तिहरुले आफुहरुले संचालन गरेको वस नै प्रयोग गर्ने गरेको बताए । समयको माग अनुसार यही जेठ १५ गते देखि ट्राभल्सले एसी सहितका ४ वटा वसहरु सो क्षेत्रमा राख्ने तयारी गरेको छ । ट्राभल्ससंग हाल १२ वटा नन एसी वसहरु रहेका छन् ।
४ वटा एसी जडित वस सहित १६ वटा वसहरु पोखरा दिल्ली वस सेवा संचालनमा आउने भएका छन भने हप्तामा ९ वटा पोखरा दिल्ली वसहरु संचालनमा आउने तयारी भएको छ । एसी जडित वसहरु हप्ताको बुधबार र विहिबार संचालनमा आउने भएका छन । एसी वसको भाडा भने प्रति व्यक्ति ३ हजार रहने भएको छ । एसी प्रति वसको मुल्य ७० लाख पर्ने भएकोले यो वसमा हुने लगानी सहित ट्राभल्सले पोखरा दिल्ली सेवाको लागि ११ करोड लगानी पुर्याउने भएको अधिकारीले बताए । ७ वर्षको दौरानमा ट्राभल्सले करीब एक लाख पर्यटकहरुलाई सेवा दिएको दाबी गरेको छ । जसमध्य करीब ६ हजार जना तेश्रो मुलुकका पर्यटकहरुलाई सेवा दिएको जनाएको छ । पोखरा देखि दिल्ली सम्मको करीब १ हजार ३ सय २० किलोमिटर रहेको छ भने उक्त वसले २४ घण्टामा दिल्ली पुराउने गरेको छ । प्रति व्यक्ति भाडा दर २ हजार ६ सय रहेको छ ।
यो भाडादर पोखरा देखि दिल्ली जाने करीब ५० प्रतिशतले सस्तो भएको बताईन्छ । काठमाण्डौबाट प्लेन हुदै दिल्ली जान १६ हजार खर्च लाग्छ भने गोरखपुरबाट ट्रेन हुदै दिल्ली जान भारु १ हजार ८ सय रुपैया लाग्ने बताईन्छ । उक्त ट्राभल्सले चालक तथा सहचालक सहित ६० जनालाई रोजगार दिएको छ । नेपाल यातयात राष्ट्रिय महासंघ क्षत्रिय कमिटिका संयोजक धर्मराज अधिकारीले पर्यटन विकासमा सुविधा सम्पन्न वस सेवाहरु महत्वपुर्ण भएकोले यसमा एउटा समितिमा आवद्ध भएर लगानीको वातावरण खुकुलो पारेको बताए ।
उनले यातयात क्षत्रमा पुराना, सिसा नभएका, लाईट राम्रोसंग नवल्ने जस्ता सवारी साधनको सम्बन्धीत निकायले रेखरेद गर्न नसकेको गुनासो गरे । पर्यटनको विकासको लागि दैनिक सेवा संचालनमा आउने भए पछि थप पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
त्यसै गरी नवल टुर्स एण्ड ट्राभल्स प्रालिले पोखराको पर्यटन प्रवद्र्धन गर्न केहि महिनादेखि पोखरा दिल्ली तथा दिल्ली देखि पोखरासम्मको सिधा यातयात वस सेवा संचालनमा ल्याएको छ । प्रालिका प्रवन्ध निर्देशक धर्मराज अर्यालका अनुसार आफुहरुले हप्ताको दुई दिन शनिबार र शुक्रबार उक्त सेवा दिईने गरेको छ ।
दिननाथ बराल-पोखरा २७, वैशाख । पर्यटकीय नगरी पोखराबाट भारतको राजधानी दिल्लीसम्मका लागि दैनिक रुपमा सिधा पर्यटक स्तरीय बस सेवा संचालनमा आएको छ । जगदम्बा टुर्स एण्ड टाभल्सको भगिनी संस्था मोडन टुर्स एण्ड ट्राभल्र्सले हप्ताको सातै दिन उक्त सेवा दिन सुरु गरेको हो ।
७ बर्ष अघि देखि आफ्नो पोखरा दिलीसेवा सुरु गरेको ट्राभल्सले पहिला सोमबार, बुधबार र सुक्रबार हप्ताको तीन दीन हुदै पाँच, छ दिन हुदै हाल सातै दिन उक्त सेवा संचालनमा ल्याएको हो । आन्तरीक तथा बाह्यि पर्यटकहरुको माग अनुसार आफुहरुले सेवामा विस्तार गरी हाल सातै दिन पोखरा दिल्ली र दिल्ली टु पोखराको लागि सिधा वस सेवा संचालनमा ल्याएको मोडन टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए । भारतीय पर्यटक सहित चाईनीज पर्यटकहरु समेत पोखरा दिल्ली सेवा वसको प्रयोग गर्ने गरेको बताएका अधिकारीले करीब ६० प्रतिशत यात्रुहरु भने ग्रामिण भेगका नेपालीहरु नै रहने गरेको दाबी गरे ।नेपालीहरु भारतमा विभिन्न कारणले जाने गरेकोले पनि उनीहरुले सिधा वस नै बढी प्रयोग गरेको बताएका अधिकारीले पश्चिमाञ्चल क्षेत्रका व्यक्तिहरुले आफुहरुले संचालन गरेको वस नै प्रयोग गर्ने गरेको बताए । समयको माग अनुसार यही जेठ १५ गते देखि ट्राभल्सले एसी सहितका ४ वटा वसहरु सो क्षेत्रमा राख्ने तयारी गरेको छ । ट्राभल्ससंग हाल १२ वटा नन एसी वसहरु रहेका छन् ।