बारा : बाराको कलैयामा एक महिनाअघि ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना रिस साध्नका लागि भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रबार बालिकको हत्या प्रकरणमा संलग्न अभियुक्त को बारे
मा जानकारी दिँदै घटनाको कारण रिस साध्नका लागि भएको खुलाएको हो।
भारतको रक्सोल घर भई कलैया नगरपालिका ७ घुसुकपुर टोलस्थित मामाघरमा बस्दै आएकी बालिका रियाकुमारी साहको गत चैत २७ गते बलात्कारपछि हत्या भएको थियो।
बालिकाको हत्यालगत्तै प्रहरी निरीक्षक रामनाथ घिमिरेको नेतृत्वमा गठित अनुसन्धान टोलीले एक महिना लगाएर दोषी र कारण सार्जजनिक गरेको हो। स्थानीय सञ्जीवविक्रम शाहको योजनामा बालिकाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। बालिकाको मामाघरका सदस्यसहित आमा पार्वती साहसँग दुईतीन वर्षदेखि शाहको विवाद रहेको र सोही कारण रिस साध्न उनले बालिकाको हत्याको योजना बनाएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।
घटनामा शाहले स्थानीय बैजु राउत मेस्तरलाई समेत प्रयोग गरेका छन्। शाहको योजनाअनुसार मेस्तरले बालिकाको करणीपछि हत्या गर्ने काममा सहयोग पु:याएको प्रहरी निष्कर्ष छ। 'घटना शाहको योजना र मेस्तरसहितको संलग्नतामा भएको छ', प्रहरी निरीक्षक घिमिरेले भने, 'मेस्तरलाई प्रयोग गरेर शाहले बालिकाको मदिरा पिउँदै हत्या योजना बुनेका हुन्।'