न्युयोर्क (एजेन्सीहरू), वैशाख २७ - सन् १८५७ सेप्टेम्बरमा 'एसएस सेन्ट्रल अमेरिका' नामक पानीजहाज पनामाबाट न्युयोर्क आइरहेको थियो । दक्षिण क्यारोलिनादेखि २ सय ५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्ध्र महासागरमा डुब्यो । त्यसमा ५ सय ७८ यात्रु र १४ हजार किलो सुन थियो । तीमध्ये ४ सय २५ यात्रुको मृत्यु भयो । त्यति धेरै सुन पनि समुद्रमै हरायो ।
त्यही सुनमध्ये १३ लाख अमेरिकी डलर बराबरको करिब साढे २८ किलो केही दिनअघि निकालिएको छ ।
पचासी मिटर लामो पानीजहाज अति धेरै परिमाणमा बहुमूल्य धातुसहित डुबेपछि त्यसलाई 'सुनको जहाज' भन्न थालियो । त्यसमा लादिएका सुनका सिक्का र फग्ल्याटा समुद्रमा हराएपछि अमेरिकामा आर्थिक संकट सुरु भएको थियो । जब कि न्युयोर्कमा आर्थिक संकटको सामना गरिरहेका बैंकहरूलाई सहयोग गर्न त्यति धेरै सुन झिकाइएको थियो ।
उक्त दुर्घटनाको १ सय ३१ वर्षपछि सन् १९८८ मा समुद्री विज्ञ टाम्स टाम्सनले जहाज पत्ता लगाए । उनले नै सुन खोज्ने अभियान सुरु गरे । जहाजको भग्नावशेषबाट ३ हजार किलो सुन, केही चाँदी र कलात्मक सामग्री निकाले । यो खोज परियोजनामा लगानी गर्ने १ सय २९ कम्पनीले टाम्सले आफूहरूलाई केही नदिएकोे आरोपसमेत लगाए ।
त्यसको २६ वर्षपछि अर्थात् दुर्घटनाको १ सय ५७ वर्षपछि फेरि ठूलो मात्रामा सुन फेला पारिएको हो । अझै ठूलो मात्रामा भेट्न बाँकी
छ । खोजीमा लागेको कम्पनी 'ओडिसी मरिन एक्सप्लोरेसन अफ टम्पा' लाई ओहायो अदालतले भग्नावशेष चलाउने अधिकार गत मार्चमा दिएको थियो । त्यसअघि जहाज सर्वेक्षण अधिकारलाई लिएर दशकौं कानुनी झगडा भएको थियो ।
त्यो टुंगिएपछि फेरि खोज सुरु भएर नयाँ सफलता मिलेको हो ।
अघिल्लो पालि भने ३९ बिमा कम्पनीले मुद्दा हालेका थिए । त्यसले पनि खोजीमा बाधा पुर्यायो । यस घटनामा रहस्य धेरै छन् । त्यति बेला खोजी अभियानमा लागेका टाम्सनमाथि सुनका ५ सय सिक्का हेरफेर गरेको अभियोग लागेको थियो । सन् २०१२ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरियो । अचम्मको कुरा त न्यायिक निकायसँग उनको एउटा तस्बिरसम्म छैन ।
उनी पनि सम्पर्कविहीन छन् । वकिलहरूले उनी समुद्रमै छन् भन्ने जवाफ दिने गर्छन् । तर, उनी यो संसारमा भए/नभएको वा भए पनि उनलाई आफ्नै पक्राउ पुर्जीबारे थाहा भए/नभएको निक्र्योल हुन सकेको छैन ।