भन्दै दैनिक डेढहजार युवा विदेसिँदै गर्दा काभ्रेका एक युवा व्यवसायी भने कृषिबाटै समृद्धि ल्याउने अठोटसहित यतिखेर गाई दोइरहेका छन् । १ हजार रोपनी क्षेत्रफलमा ५ सयभन्दा बढी गाई पाल्ने महत्वकांक्षी योजनामा लागेका रामबहादुर गौतम त्यही जगमा करिब ९ करोड रुपैयाँ लगानी गर्दैछन् । मेसिनरी सामान आयात र बिक्रीमा अग्रणी गौतमश्री गु्रपका अध्यक्ष गौतमले व्यापारबाट कमाएको पैसा पात्लेखेत-८ मा खोलिएको कृषि र पशुपालन फार्ममा खचिएका हुन् ।
विदेश जाने चक्करमा यताउता दौडिरहेका देशभरिका युवालाई चित्तबुझ्दो पारिश्रमिक दिएर यतै रोक्ने प्रयास पनि उनले गरेको कारोबारमा खबर छ । ‘देशमै चित्तबुझ्दो पैसा पाएपछि विदेश किन जानू ?’ उनी भन्छन्, ‘मैले भेटेसम्म त्यस्ता युवालई यहीँ रोक्नेछु ।’ ‘गौतमश्री अग्र्यानिक एन्ड काउ फार्म’बाट दैनिक १० हजार लिटर दूध र त्यसबाट उत्पादन हुने चिज बजारीकरण गर्ने उनको लक्ष्य छ ।