विवाद ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको आठवीसकोट राडीज्युला बजारमा उपचार भइरहेको छ। उनीहरुको टाउको, हात खुट्टा लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।
विवाद के कारणले शुरु भएको हो भन्ने खुलेको छैन् । घेत्मा ९ का स्थानीय विजय विकले प्रहार गरेको ढुंगा लागेर लक्ष्मणको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक शेरवहादुर चन्दले बताए। मृतकको टाउको चोट लागेको छ। घटनामा संलग्न विजय विक, खडक विक र कूलबहादुर विक फरार रहेका छन्। घटनास्थलमा प्रहरी पुगेको छ । फरार आरोपीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
