.jpg)
प्रहरीका अनुसार रियादकी पत्नी २२ वर्षीया चन्दा सलमानी र बच्चाहरु क्रमशः ५ वर्षीया मारिया, ३ वर्षीय रियाजुल र १० महिनाको रिहान गम्भीर घाइते भएका छन् । उनीहरुको भेरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दाजु भाइले डोल्पामा संयुक्त रुपले फर्निचर सञ्चालन गर्दै आएको र त्यहाँ दुईजनाबीच भएको झगडाको रिस सद्दामले घरमा आगो लगाएर पोखेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले सद्दामलाई नियन्त्रणमा लिएको छ ।