Headlines News :
fb
Home » » नेपाल जनविकास नामक नयाँ पार्टीको घोषणा

नेपाल जनविकास नामक नयाँ पार्टीको घोषणा

३१ बैशाख, काठमाडौं । ठूला पार्टीहरुले जनताको भावना विपरित काम गरेको आरोप लगाउँदै नेपाल जनविकास नामक नयाँ पार्टीको घोषणा भएको छ ।

रिपार्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै शम्भू रसालीको अध्यक्षतामा २३ सदस्यीयसहितको नयाँ पार्टीको घोषणा भएको हो । अन्य सदस्यहरुमा डिकबहादुर विश्वकर्मा, प्रताप विश्वकर्मा, शान्ति विक, चन्द्रमान गहतराज, प्रेम साही समुन्द्री, विमला गहतराजलगायतका रहेका छन् ।

पार्टीले आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक रुपले मुलुकलाई सम्पन्न बनाउने उद्देश्य लिएको छ । राजनैतिक रुपमा संगठित र जागृत भई शक्तिको विकास गर्ने, जातीय भेदभावलाई कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्ने, विकासशील नीति निर्माण गर्ने, उपेक्षित वर्ग र समुदायको सुरक्षामा जोड दिने, जातीय विभेद हटाई समान समाज निर्माण गर्नेजस्ता नीति घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष शम्भू रसालीले ठूला दलहरुले जनतालाई धनी बनाउने नारा दिएर झन गरिब बनाएको आरोप लगाउँदै देशको विकास गर्नका लागि नेताहरुले जातीय विभेदको अन्त्य गर्नुपर्ने बताए । उनले भने– नेपाल भित्र रहेको जातीय विभेद, आर्थिक विभेद र भ्रष्टाचार विकासको मुख्य बाधक भएको रहेकोछ, ती विभेदहरुको अन्त्य गर्दै मुलुकको समग्र विकासको लागि नयाँ पार्टीको घोषणा गरिएको हो ।

सदस्य धर्मदेव धवलले नेपाली जनताको सङ्गठन र जागृतिले मात्र देशको विकास हुने भएकाले नयाँ पार्टीले सम्पूर्ण जनतालाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सदस्य शान्ति विश्वकर्माले भनिन्– धर्मका आधारमा जातीय विभेद हुने गरेको भन्दै साँस्कृतिकरुपले सक्षम भएको समाज नै पूर्ण विकसित हुन्छ । पत्रकार सम्मेलनमा चन्द्रमान गहतराज, प्रेम शाही समुन्द्र, नन्दलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar