काठमाडौं । मेडिकल, औषधी पसल के का लागि ? औषधी किन्न, सामान्य घाउहरुको ड्रेसिङ गर्न अथवा चिकित्सकको सल्लाह बमोजिम उपचार सेवाको लागि मेडिकल तथा औषधालयहरु खुलेका हुन्छन् । उनीहरुको मुख्य उद्देश्य चिकित्सकको सल्लाह बमोजिम औषधी बेच्नु हो ।
तर, काठमाडौंको नयाँबसपार्क एरियाका मेडिकलहरुमा औषधी पाइँदैन । सुन्दा पनि अचम्म लाग्छ, मेडिकलमा औषधी पाइदैन ! यो कुनै कथा र झुट गफ होईन यथार्थ हो । तपाई आफै गएर अनुभव गर्न सक्नु हुन्छ ।
कण्डमले भरिभराउ मेडिकल
बसपार्क एरिया अति व्यस्त एरिया हो । जहाँ दैनिक हजारौ मानिसहरुको आउजाउ हुन्छ, तर आवश्यक परेको औषधीहरु पाईदैन् । काठमाडौंको मित्रनगरमा रहेको नयाँबसपार्क एरियाका अधिकांश औषधी पसलहरुमा सामान्य सिटामोल, साइनेक्स, निको लगायतका भन्दा अन्य महंगा, ठूला रोगका, अत्यावस्यक औषधीहरु पाइदैन् ।
बरु मेडिकलका दराजहरु ढाल, कण्डम, इकोन लगायतका गर्भ निरोधक औषधीले भरिएका हुन्छन् । सिटामोल, साइनेक्स लगायतका सामान्य औषधी पनि पाउन गाह्रो पर्ने मेडिकलहरुमा थरी थरी ब्राण्डका कण्डम र विभिन्न कम्पनीका गर्भ निरोधक औषधीहरु सहज रुपमा उपलब्ध छ ।
बिक्दैनन् औषधी
बसपार्क एरियाका औषधी पसलहरुमा औषधीको अभावको खवर पछि हामीले एक मेडिकल संचालकसँग जिज्ञासा राख्यौ, उनले दिन भरीमा दुई चार पत्ता सिटामोल बिक्रि नहुँने तर कण्डम र गर्भ निरोधक औषधीहरुको व्यापार राम्रो भएर बिक्रिहुने सामानहरु मात्र पसलमा राखेको बताए ।
‘कण्डम बेचेर भाडा तिर्ने कि कमाउने ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, आफूहरु व्यापारी भएकोले जुन वस्तुको व्यापार हुन्छ त्यही वस्तु पसलमा राखेको बताउँदै, अहिलेसम्म यसैबाट गुजारा चलेको बताए ।
‘कण्डम र गर्भनिरोधक औषधी बिक्नको कारण के हो ?’ हाम्रो प्रश्नमा उनले अनकनाउँदै भने, ‘कण्डम र गर्भ निरोधक औषधीहरु के कामका लागि प्रयोगमा आउँछ ? कारण आफै बुझ्नुस ।’
बसपार्कमा यौन धन्दाको प्रमाण
यौनजन्य क्रियाकलापमा प्रयोग हुने सामाग्रीहरुको व्यापक बिक्रिले काठमाडौंको नयाँबसपार्क क्षेत्रमा व्यावसायीक रुपमा यौन क्रियाकलापहरु संचालन भएको बुझ्न गाह्रो पर्दैन ।
प्रहरीले पटक पटक छापा मार्नु, यौन कर्मीहरु पक्रनु र यौनजन्य क्रियाकलापका सामाग्रीहरुको बिक्रि बढ्नुले नयाँबसपार्क क्षेत्र यौनकर्मीको अखडा रहेको आरोपलाई पुष्टि गर्न मद्यत गर्दछ ।
‘यौन व्यापारको कारणले यौनजन्य सामाग्रीको व्यापार बढेको हो ?’ भन्ने जिज्ञासामा अनभिज्ञता प्रकट गर्ने एक मेडिकल संचालकसँग हामीले अर्को प्रश्न तेस्र्यायौं, ‘यौन क्रियाकलाप जन्य सामाग्री खरिदका लागि कस्ता मानिसहरु आउँछन् ?’ उनले भने ‘प्रायः अर्धवैसे महिलाहरु आउँछन् ।’ मेडिकल संचालकका अनुसार कण्डम किन्न आउने ग्राहकहरुले कण्डमको बन्डलनै खरिद गरेर लैजाने गर्दछन् ।