बाथ कस्तो किसिमको रोग हो? कारण के हो? यो निको हुन्छ कि हुँदैन, यसका लक्षण के के हुन्छन् भनेर अहिले पनि हामीले बुझेका छैनौं। बाथलाई अंग्रेजीमा 'आथ्राइटिस' भन्ने गरिन्छ। तराईतिर यसलाई 'गठिया' पनि गरिन्छ।
बाथले विशेषत: मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई प्रतिनिधित्व गरेको हुन्छ। शरीरका कुनै पनि हाडजोर्नी, मांसपेशी, छाला, नसा दुखेर उत्पत्ति हुने रोग हो, बाथ। यसले हाडजोर्नीबाहेक शरीरका कुनै पनि भित्री अंग जस्तै- मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो आदिलाई पनि हानि गर्छ। बाथ एकै किसिमको हुँदैन। एउटै कारणबाट लाग्दैन। सयौं किसिमका हुन्छन्। रोगको लक्षण छुट्याई विभिन्न बाथको नामांकन र विशेषता हेर्ने गरिन्छ।
कारण
अहिलेसम्म सयौंभन्दा बढी बाथ रोग भएको पाइएको छ। कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, छुट्याएर उपचार गरिन्छ। सबै खालका बाथ कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणाली गडबडीले हुने गर्छ। अर्थात्, प्रत्येक मान्छेभित्र रोगसँग लड्ने आफ्नै किसिमको क्षमता हुन्छ। बाथले शरीरमा हानिकारक एन्टिबडिज तत्त्व उत्पत्ति गराई हाड, जोर्नी र कार्टिलेज तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग प्रतिरोधात्मक प्रणालीलाई नै दुर्बल पार्छ।
नेपालीमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खाने, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिड...को हड्डीमा हुने बाथ बढी भेटिएको छ। तीमध्ये कतिपय बाथ जीवाणु र किटाणुको संक्रमणबाट पनि हुने गर्छन्। जस्तै- क्षयरोग, भाइरल रोग आदि। कतिपय बाथ वंशाणुगत पनि हुने गर्छन् अर्थात् एकै परिवारमा धेरैजनालाई उक्त रोग भएको हुन्छ।
लक्षण
बाथ कुनै एक व्यक्तिविशेषलाई मात्रै हुने रोग होइन। यो नवजात शिशुदेखि ८०-९० वर्षको उमेरसम्मका जुनसुकै व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ। साधारणतया बाथ बढीजसो हड्डी खाने खालका हुन्छन् भने अरू मांसपेशी, छाला, आँखा, नसा तथा शरीरका भित्री अंगमै असर गरी उत्पन्न हुने बाथ पनि हुन्छन्।
प्राय: बाथका रोगी हामीसँग आउँदा दु:खाइसहित आउँछन्। प्राय: सबैमा हाडजोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ। बिरामीमा बिहान उठ्दा हातका औंला, जोर्नी कक्रक्क पर्ने, साह्रो हुने, मुठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भएजस्तो हुने, हिँड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ। शरीर झमझम गर्ने, मांसपेशी दुख्ने , ज्वरो आउने, कपाल झर्ने, चिसो पानीमा हात राख्दा छालाको रङ परिवर्तन हुने, शरीरमा रातानीला ससाना टाटा आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाँखजस्तो गालामा रातो डाम आउने, मुखमा घाउ हुने आदि हुन्छन्। उकालो-ओरालो गर्दा र भ:याङ चढ्दा हड्डी दुख्ने गर्छ। यी बाथका आआफ्ना लक्षण हुन्।
बाथ बालबालिकालाई पनि लाग्ने गर्छ। कतिपय बाथले वर्षौं पीडा दिइरहेका हुन्छन् तर तिनले शरीरलाई अरू हानि गर्दैन। तर, नराम्रा बाथले केही दिन, महिना र वर्ष दिनभित्रै हड्डी बांगिने र मुटु, मिर्गौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पु:याउँछन्। त्यसैले बाथलाई हामीले हाडजोर्नी दुख्ने रोगमात्र भनेर पनि बुझ्नु हुँदैन। यसले शरीरको कुनै अंगलाई आन्तरिक रूपमा क्षति गराइदिन सक्छ।
बाथरोगीको अवस्था
बाथरोगीको अवस्थामा अहिले धेरै फरक आइसकेको छ। धेरैजसो मानिस बाथलाई रोगको रूपमा नभई अभिशापका रूपमा बुझ्ने गर्थे। तर, अहिले रोगप्रतिको धारणा बदलिइसकेको छ र बाथ एक साधारण रोग भइसकेको छ। उपचारपछि निको हुने रोग भइसकेको छ।
विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँनयाँ औषधि र उपचार पद्धति आइसकेका छन्। यो रोगको उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुन्छन्।
यो रोगलाई हामी सजिलै चिन्न सक्छौं। समयमै उपचार यसको औषधि हो। जसले छिटो उपचार पाउँछ, उसले आफूलाई अपांग हुनबाट बचाउँछ र अरूलाई पाठ सिकाउन सक्छ।
- डा. गुप्ता नर्भिक इन्टरनेसनल हस्पिटलका बाथरोग विशेषज्ञ हुन्।