Headlines News :
fb
Home » » बहुउपयोगी कागतीको प्रयोग केमा कसरी गर्ने !

बहुउपयोगी कागतीको प्रयोग केमा कसरी गर्ने !


कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर
पुराणमा लेखिएको छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक
जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ । यसमा पर्याप्त
मात्रामा भिटामिन ‘सी’ पाईन्छ । दालसँग प्रयोग
गर्दा कागतीले शररीमा लौहतत्व शोषण
गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस
बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ

~
वाकवाकी लागेमा : काटेर नुनमा मिसाएर चाट्ने । उच्च
~
रक्तचापमा : एक चम्चा रस एक कप पानीमा मिसाएर
पिउने ।
~
जन्डिस हुँदा : १० वटाजति पात पानीमा उमालेर पिउने ।
~
घाँटी दुख्दा : उमालेको पानीमा महसँग
मिसाएर पिउने ।
~
मुख गन्हाउँदा : रस
पानीमा अलिकती हालेर कुल्ला गर्ने ।
~
मुखमा घाउ भएमा : रस पानीमा हालेर बारम्बार पिउने ।
दाँतबाट रगत आएमा : बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर
दाँत माझ्ने ।
~
चिसो लाग्दा : एक कप तातो पानीमा निचोरेर एक
चम्चा मह मिसाउने र बारम्बार पिउने ।
~
लु लागेका बेला : दुई चम्चा चिनी ,आधा चम्चा नुन र
तीन चम्चा कागतीको रस
पानीमा मिसाएर पिउने ।
~
पसिना गन्हाउने समस्यामा : पानीमा दुई चम्चा रस
राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र
खुटटामा दल्ने ।
छालाको सौन्दर्य बढाउन : अलिकती बेसन र
दहीमा रस मिसाएर लगातार अनुहारमा लेप लगाउने र
केहिबेरपछि धुने ।
~
जुम्रा पर्दा : दुई चम्चा रस र १/२ चम्चा लसुनको लेदो बनाएर
३/४ घण्टासम्म टाउकोमा लगाउने । कपालको जरामा लेदोले मसाज
गर्ने । ३ /४ घण्टापछि पखाल्ने । जुम्रा ननिख्रनुजेल सातामा २\३
चोटी दोहो¥याउने ।
~
अपच
भएका बेला :कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने

यसमा पाईने अमिलो तत्व (सिट्रिक एसिड)मा औषधिको गुण हुन्छ

____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक
तथा शेयर गर्न नभुल्नुहोला !!<
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar