मंगलबार भक्तपुर दरबार स्क्वायरमा सिनेमाको छायांकन गर्दै गर्दा बलिउड नायक अक्षय कुमारले नसोचेको कुरा पाए । भक्तपुरमा उनको एक झल्को पाउन हजारौ दर्शकको भिड लाग्यो । अक्षयले पनि फ्यानहरुलाई निराश नबनाई अभिवादन गरे ।
उनको एक झल्को पाउने अपेक्षा त पुरा गरे दर्शकले तर फोटो खिच्ने र अटोग्राफ लिने ईच्छा भने अधुरै रह्यो । नेपाली दर्शकको उत्साहजनक भिड देखेर अक्षय पनि अचम्ममा परे । ट्विटरमा फोटो ट्विट गर्दै अक्षयले लेखे, ‘एउटा कलाकारले अपेक्षा गर्ने भिड । मलाई थाहा छैन किन मलाई नेपाल र्फकन २० बर्ष लाग्यो । तपाइको सहयोगलाई माया गर्छु ।
’ अक्षयलाई नेपाल प्रहरी, उनका आफ्नै बडिगार्डले कडा सुरक्षा दिएका थिए । जुन नेपालका कुनै चर्चित कलाकारका लागि निक्कै दुर्लभ जस्तै देखिन्छ । अक्षयप्रतिको यो फ्यान क्रेजले नेपाली कलाकारहरुको सेलिब्रेटीहुड माथि नै प्रश्न उब्जाइदिएको चर्चा समेत चल्न थालेको छ ।