Headlines News :
fb
Home » » आजदेखि एमआरपी भएकाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउने

आजदेखि एमआरपी भएकाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउने

काठमाडौं, १ जेठ । सरकारले बिहीबारदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भएकाहरुले मात्रै वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार आजदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउने छैनन् ।
जेठ १ गते अघिनै भिसा आइसकेकाहरुले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिएको अवस्थामा मात्र हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिइने उहाँले जानकारी दिनु भयो ।
त्यस्तै पुनः श्रमस्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रमस्वीकृतिका लागि स्वीकृति दिइने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
विसं २०७२ मङ्सिरदेखि हवाइ यात्राका लागि विश्वभर अनिवार्य रुपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर आफूहरुले भोलिदेखि श्रमस्वीकृतिका लागि एमआरपी अनिवार्य गर्न लागेको प्रवक्ता कार्कीको भनाइ छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar