झापा– ‘यो पुल भासिएको जति वर्ष भयो, हाम्रो क्षेत्रको आर्थिक प्रगतिको सम्भावना भासिएको पनि त्यति नै भयो,' झापा शिवगन्ज– ३ का लालबहादुर राई भन्दै थिए, ‘यहाँ सबैथोकको सम्भावना राम्रो छ। मुख्य रुपमा कृषि उत्पादन र तिनको व्यापार। तर, मूलबाटोको पुल भासिएकाले सबै सम्भावना रोकिएको छ।'
समाचार सार
पुल भासिएयता बनाइदिन आवाज उठाउने स्थानीयको स्वर जति तिक्खर भयो, बनाइदिन्छु भन्ने सरकारी पक्ष र नेताको आश्वासनको बाढी पनि उत्तिकै लागिरहेको छ। २०४६ पछि भएका हरेक निर्वाचनमा शिवगन्जबासीले पाउने आश्वासनमध्ये यो पुल पुर्ननिर्माणको एजेन्डा सबै दलका उम्मेद्वारको अघिल्लो लहरमै पर्छ। तर, मध्यदक्षिण झापाका हजारौं नागरिकको दैनिकीमा प्रत्यक्ष सरोकार राख्ने पुल पुनर्निर्माणमा सिन्को भाँचिएको छैन। बर्खा सुरु हुँदै गएपछि हरेक साल यो सडक ठुल्ठूला खाल्डो परेर आवतजावत नै बन्द हुने अवस्था आइपर्छ। ‘पुल र सडक दुईटैमा कसैको आँखा पुगेन,' सतासीधामकी लीला सापकोटा भन्छिन्।
बनेको केही वर्षमै भासिए पनि सतासी पुलले अहिलेसम्म ठूला साधनको चाप थेगिरहेको छ, भाग्यवश कुनै दुर्घटना भएको छैन। ३३ मिटर लामो पुलको तीनमध्ये बीचको एउटा पिल्लरको आधाभन्दा बढी भाग धस्सिएको छ। बर्खामा खोला बढेर आउँदा पानी पुल माथिबाटै बग्ने गरेको छ। त्यसैले बाढी आउँदा पनि यो बाटोमा आवागमन पूरै रोकिन्छ। बर्सेनि यस्तो समस्या झेल्ने उपभोक्ताले पुल बनाउन सयौं ज्ञापनपत्र जिविसदेखि मन्त्रालयसम्म बुझाएका छन्। तर, उनीहरुको माग सरकारी निकायले सुनेको नसुन्यै गरिरहेका छन्।
पछिल्लो केही वर्षयता सरकारी निकाय दायित्वबाट पन्छिँदै ‘यो पुल आफ्नो कार्यक्षेत्रमा नपर्ने' बताउन थालेका छन्। यसले सर्वसाधारणलाई झन् दुःखी बनाएको छ। पुल बनाइदिन माग गर्दै जिल्ला विकास समिति र दमकस्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालयमा शिवगन्जबासी सयौंपटक धाइसकेका छन्। तर, सडक विभागले जिविसलाई र जिविस विभागलाई देखाउने गर्छन्।
२०३४ सालमा पुल बनेपछि जिल्लाको सबैभन्दा उर्वरभूमि मानिने शिवगन्ज, कोरोबारी, महाभारा, सतासीधाम, पाँचगाछी, बैगुनधुरालगायत क्षेत्रमा बेग्लै हर्ष सञ्चार भएको थियो। पूर्वकै ठूलोमध्येको एक कन्काई सिँचाइ आयोजनाको भरमा बाह्रै महिना सिञ्चित हुने यहाँको खेतीयोग्य जमिनमा उत्पादित अन्नलाई यही पुलले बजारसम्म पुर्याउने बाटो खोलेको थियो। त्यो क्रम अहिले पनि रोकिएको त छैन। तर, स्थानीयबासी भासिएको पुलकै कारण विकासका अन्य अवसर खेर गएको बताउँछन्। ‘पहिले अन्न बजार पुर्याउन पाउनु नै ठूलो कुरा थियो,' शिवगन्जका निलम पौडेल भन्छन्, ‘सधैं एउटै कुराले मात्रै नपुग्दोरहेछ। बलियो भौतिक संरचना विकासका लागि पूर्व शर्त हो। भास्सिएको पुलमा कसैले पनि एक पैसा खर्चेका छैनन्, सडकको स्तर पनि नाजुक छ।'
पछिल्लो वर्षमात्रै सरकारले हुलाकी मार्गमा पर्ने विभिन्न पाँच ठाउँमा ९० करोडभन्दा बढी लगानी गरेर नयाँ पुल बनाउन थालेको छ। हुलाकी मार्ग बनाउन सहयोग गर्ने भारतीय आश्वासनपछि धमाधम लगानी गरिरहेको सरकारले आधा दर्जनभन्दा बढी गाविसका बासिन्दाको चासो रहेको यो पुलमा भने एकै पैसा पनि लगानी गरेको छैन।
सडक विभागको दमक कार्यालयका प्रमुख रामहरि पोखरेल यो पुल आफ्नो कार्यक्षेत्रमा नपर्ने बताउँछन्। जिल्ला विकास समिति अब पुलको पुनर्निर्माणमा कृषि सडक हेर्ने अलग्गै निकायले काम गर्ने बताउँछ। योजना अधिकृत रुद्र न्यौपानेका अनुसार केही समयअघि प्राविधिक टोलीले अध्ययन गरेर गएको छ। तर, कहिले पुनर्निर्माण हुने भन्ने टुंगो नभएको उनको भनाइ छ।
समाचार सार
बनेको केही वर्षमै सतासी खोलाको पुल भासिएपछि दक्षिण झापाका बासिन्दाको आर्थिक प्रगतिको सम्भावना रोकिएको छअढाई दशकअघि भासिएको सतासी खोलाको पुल बन्ने छाँट अझै पनि नदेखिँदा दुधे–महाभारा सडकखण्डमा आश्रित मध्य दक्षिण झापाका हजारौं नागरिक निराश छन्। एकातिर पुल नबनेको निराशा छ भने अर्कातिर त्यही पुलका कारण आफ्नो ठाउँले भोग्नुपरेको अवहेलनाले उनीहरुलाई दुःखी बनाउँछ। २०४३ सालको बाढीमा केही क्षति व्यहोरेको पुल २०४५ भदौमा आएको भूकम्पपछि भासिएको थियो। ‘सडक, टेलिफोन, सबै सुविधा छ,' राई थप्छन्, ‘यही भासिएको पुल हाम्रो ठाउँका लागि लज्जाको विषय भएको छ।'