Headlines News :
fb
Home » » फेसवुक चलाउनुस्, भाइरस भगाउनुस्

फेसवुक चलाउनुस्, भाइरस भगाउनुस्

कम्प्युटरमा भाइरसले दु:ख दिइरहेको छ? अब चिन्ता नलिनुहोस्। यसका लागि महँगा एन्टिभाइरस प्रोग्राम खरिद गरिरहनु पर्दैन। केही समय पछिदेखि तपाईंको मन पर्ने सामाजिक सञ्जाल फेसबुकले तपाईंको कम्प्युटरबाट भाइरस हटाइदिन्छ।

फेसबुकले कम्प्युटर सुरक्षा कम्पनी एफसिक्योरसँग यो विषयमा सम्झौता गरिसकेको छ। अब फेसबुकले एफसिक्योरसँग मिलेर ब्राउजर बेस्ड मालवेयरलाई हटाउने छ। एफ सिक्योरका अनुसार मालवेयर स्क्यानिङ तथा क्लिनअप प्रविधि फेसबुकसँग जोडिएको छ।

फेसबुकले केही गडबडी हुनेबित्तिकै प्रयोगकर्तालाई यसको सूचना दिनेछ। यस्ता मालवेयर स्क्यान तथा क्लिन अप ब्राउजर विन्डोबाटै हुनेछ। मालवेयरले कम्प्युटरको कार्यक्षमता सुस्त बनाउनुका साथै महत्त्वपूर्ण जानकारी चोरी हुनसक्छ। -एजेन्सी
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar