संखुवासभा : प्राचीन समयमा मुद्राको प्रचलन नहुँदा सुरु भएको बालीप्रथा अझै पनि कायम छ। संखुवासभाको एक नगरपालिका र ३३ गाविसमा अझै पनि यो प्रथा कायम रहेको हो। यहाँका प्रत्येक गाविसमा १० पाथी अन्नको भरमा वर्षभरि कपडा सिलाउनुपर्ने बाध्यता कायमै रहेको दलित संघसंस्थाले जनाएका छन्।
जलजला ४ का भक्त बहादुर सुनामले तीन पुस्ताअघिबाट बालीमा कपडा सिलाउँदै आएको बताए। भक्तका हजुरबा जितारा सुनाम र बुबा ध्वोजमान सुनामले पनि बाली लिएरै कपडा सिलाउने गरेका थिए। उनको परिवारले जलजला गाविस वडा नं १, २, ३ र ४ का बासिन्दाको कपडा सिलाउने जिम्मेवरी लिएको छ। भक्तको परिवारले पारिश्रमिकबापत वार्षिक १० पाथीदेखि १५ पाथीसम्म अन्न पाउने गरेको छ।
सहरी क्षेत्रमा कायम भएको ज्यालामा कपडा सिलाउने हो भने आफूले धेरै उन्नति गर्नसक्ने भक्तले बताए। उनका अनुसार गाउँका हुनेखानेले यो प्रचलन नछाड्न दबाब दिने गरेका छन्। बाध्य भएर कपडा सिलाई बाली लिने गरेको उनको भनाइ छ।
यस्तै पाथीभरा ८ का ७२ वर्षीय सनमान टेलरले २० वर्षको उमेरबाट बालीमा कपडा सिलाउन सुरु गरेको बताए। उनका अनुसार ५० वर्षसम्म लगातार बालीमा कपडा सिलाउँदा ६ वटा मेसिन थोत्रिइसकेका छन्। जलजला ६ का हर्क सुनाम र ध्वोजमान सुनामले पनि बालीमै कपडा सिलाउँदै आएका छन्। परिवारको संख्या हेरेर आफूले बाली माग्ने गरेको उनीहरूले बताए।
समाजमा विद्यमान यस किसिमका चलनका कारण दलितहरूलई आफ्नो श्रम र सीप बेचेर पनि दिन गुजारा गर्न नसक्ने अवस्था उत्पन्न भएको छ। दैनिक महँगी बढे पनि बाली नबढ्दा दलितहरू मर्कामा छन्। त्यही बाली दिँदा पनि भुससहितको अन्न दिने चलन रहेको दलित समाजका अगुवा केशर महतले बताए। उनले बालीप्रथाको अन्त्य गरी ज्याला निर्धारण गर्न पनि माग गरे। दलित समाजले बालीप्रथा अन्त्य गरी ज्याला निर्धारण गर्नुपर्ने माग राखे पनि गाउँगाउँमा भने यो प्रथा प्रचलनमा रहेको पाइन्छ।