Headlines News :
fb
Home » » २१ करोडको कृषि बीमा, साढे ७६ लाख बढी बीमाशुल्क

२१ करोडको कृषि बीमा, साढे ७६ लाख बढी बीमाशुल्क

२१ बैशाख काठमाडौं । बीमा समितिले यसै वर्ष जारी गरेको कृषि बीमा निर्देशिकाको प्रभाव देखिन थालेको छ । गत साउनदेखि निर्देशिका कार्यान्वयन भएको थियो । त्यसयताका आठ महिनामा बीमा कम्पनीहरुले २१ करारेड १० लाख रुपैयाँ बराबरको बाली, पशु र माछाको बीमा गरेको बीमा समितिले जनाएको छ । कृषि बीमा योजनामाफर्त बीमा कम्पनीहरूले फागुनसम्म ७६ लाख ७४ हजार रूपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।


  कृषि बीमाको प्रभावकारी कार्यान्वयनका लागि कृषकहरूलाई जानकारी दिन समितिले प्रचाप्रसाचरलाई व्यापक बनाएको छ कृषि बीमामा सरकारले ५० प्रतिशत अनुदान दिँदै आएकोमा त्यस्तो अनुदान बढाएर ७५ प्रतिशत पुर्याउने तयारी भइरहेको छ ।  यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी पशुबीमा गरेको छ कम्पनीले ४ करोड ७४ लाख रूपैयाँ बराबरको बीमा गरेको छ । शिखर इन्स्योरेन्सले २ करोड १२ लाख रूपैयाँ बराबरको बीमा गरेको भने नेपाल ७२ लाख २३ हजार रूपैयाँको बीमा गरेका छन । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अष्ट्रिचको बीमा गरे पनि त्यसलाई समितिले कृषि बीमाअन्तर्गत समावेश गरेको छैन । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar