जनकपुर : जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद् संजय साहलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ। जिल्ला अदालतमा लैजानुअघि प्रहरीले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको थियो। उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको थियो।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सभासद् साह बमकाण्डमा उनको योजना रहेको तथ्य प्रहरीले सार्वजनिक गरेपछि फरार रहेका थिए। केन्द्रीय अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले साहलाई विरगंज नाकाबाट पक्राउ गरिएको बताए उनलाई भारतको जयनगर देउधा भन्ने ठाउँबाट आफन्तको घरमा रहेको बेला पक्राउ गरिएको स्रोत बतायो ।
अदालतमा पेस गर्ने क्रममा केहीले उनको पक्षमा नाराबाजी गर्दै होहल्ला गरेका थिए। त्यसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। २०६९ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरधाममा आयोजना गरेको शान्तिपूर्ण धर्नालाई लक्षित गर्दै बम विष्फोट गराउँदा ५ जनाको ज्यान गएको थियो भने तीसजनाभन्दा बढी घाइते भएका थिए। यसको मुख्य डिजाइन संजय साहले तयार गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीले सार्वजनिक गर्ने क्रममा साहले सञ्चारकर्मीलाई भन्दै थिए, म निर्दोष छु र अदालतबाट छुट्ने छु। साह पक्राउ परेपछि जनकपुरबासीले प्रहरीले बधाइ दिदै खुसी व्यक्त गरेका छन्। तर साहका केही समर्थकहरू भने चोकचोकमा जम्मा भएर नाराबाजी सुरु गरेका छन्। साहलाई पक्राउ गरिएपछि उनलाई भेट्न जिल्ला प्रहरी कार्यालय धनुषामा सयौंको संख्यामा आफन्त तथा कार्यकर्ताहरु आउन थालेपछि जिप्रका भित्र प्रवेश गर्न रोक लगाइएको छ।
त्यसैगरी साहलाई आजै ज्यान सम्बन्धी महलमा मुद्दा चलाउन बयान लिनका लागि अदालत ल्याइने भएकोले जिल्ला अदालत धनुषामा समेत सर्वसाधारणको घुइँचो लागेको छ भने प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको छ। जनकपुर बम काण्डमा संलग्न रहेका मुकेश चौधरी, रञ्जीत झा, जय प्रकाश चौधरी, सुरेश कुमार कर्ण, रिपेन्द्र झा र मुकेश कुमार कर्णलाई प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा मुद्दा दायर गरिसकेको छ। उनीहरू पुर्पक्षकै क्रममा थुनामा रहेका छन्।