Headlines News :
fb
Home » » नेपालका जेलमा २९ देशका कैदी, सबैभन्दा धेरै भारतीय

नेपालका जेलमा २९ देशका कैदी, सबैभन्दा धेरै भारतीय

५ जेठ, काठमाडौं । नेपालका ३६ जेलमा २९ देशका नागरिक छन् । कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ जेलमध्ये ३६ जेलमा आठसय ५० विदेशी कैदी छन् । कैदीबन्दीमध्ये सबैभन्दा बढी भारतीय छन् । विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन् ।

त्यस्तै भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफि्रका, नेदरल्यान्ड, इरान, जाम्बिया, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, सियरालियोन, अस्टि्रया, फिलिपिन्स र मोजाम्बिकका नागरिक नेपालको जेलमा रहेको नयाँ पत्रिकामा खबरछ । अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्विटजरल्यान्ड, आइभरी कोस्ट, माली, तान्जानियाँ, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालको जेलमा परेका छन् ।

 भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना नेपालको जेलमा छन् । नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटकपटक फक्राउ परी जेलमा जाने गरेका छन् । तेस्रोमा चिनियाँ रहेका छन् । नेपालमा विभिन्न सातवटा जेलमा ३४ जना चिनियाँ नागरिक छन् । डलर, वन्यजन्तु सम्बन्धी अपराध र कल बाइपासजस्ता अपराधमा चिनियाँ पक्राउ पर्ने गरेका छन् । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar