Headlines News :
fb
Home » , » राम्री श्रीमती बिहे गर्न ताजा रगत पिएर जित्नुपर्छ भयंकर लडाईं

राम्री श्रीमती बिहे गर्न ताजा रगत पिएर जित्नुपर्छ भयंकर लडाईं

(एजेन्सी)– इथियोपियामा एउटा यस्तो जनजाती छ जसमा राम्री र आफूलाई मनपरेको महिलासँग बिहे गर्नका लागि भयंकर लडाईं लड्नुपर्छ । यो लडाईंमा सामिल हुनुभन्दा पहिले युवकले गाईको ताजा रगत पनि पिउनुपर्ने हुन्छ । यो लडाईंमा जो बिजेता हुन्छ उसले नै सबैभन्दा राम्री महिला बिहे गर्न लायक हुन्छ । विवाहको यो बिचित्र परम्परा सुरमा जनजातीमा प्रचलित रहेको छ । यो जनजाती इथियोपियाको दक्षिण क्षेत्रको ओमो रिभर भ्यालीमा बस्ने गर्दछन् ।

 राम्री श्रीमती पाउने सोच राख्ने युवकले दास्रो प्रतिस्पर्धीसँग भयंकर लडाईं लड्नुपर्ने हुन्छ । यो लडाईंलाई ‘डोंगा’ नामबाट चिनिन्छ । हरेक वर्ष बालीनाली भित्र्याइसकेपछि यो रक्त लडाईंको आयोजना गरिन्छ । लडाईंमा युवकहरुले धारिलो हतियार र लठ्ठीको प्रयोग गर्ने गर्दछन् । ‘डोंगा’ लडाईंमा युवकहरु निकै घाइते हुने गर्दछन् । यसमा कसैको मृत्युसमेत हुने गर्दछ । यदि लडाईंमा कुनै युवक मारिएको खण्डमा विजेताले मृतकको परिवारलाई मुआब्जा दिने गर्दछ जसमा २० वटा गाई अथवा एउटा युवती वा दुबै हुने गर्दछ । ‘डोंगा’ बिजेताले सबैभन्दा राम्री महिला छान्ने अधिकार पाउँछ जुन विवादास्पद पनि बनेको थियो । यस्तो लडाईं जित्ने मानिसलाई हिरो मानिन्छ । उनलाई सबैभन्दा राम्री लाग्ने महिला छान्ने अधिकार त हुन्छ नै दास्रो जनजातीहरुमा उनको महत्व निकै बढ्ने गर्दछ ।
गाईको रक्त नलीबाट सिधै दुई लिटर रगत निकालेर पिउन दिइन्छ, धेरै युवकहरुले रगत पिउन नसकेर बान्ता गर्ने गर्दछन् । रगत पिइसकेपछि उनीहरु सूरमा नदिमा नुहाउने गर्दछन् । आफ्नो वीरता र सुन्दरताले युवतीहरुको ध्यानाकर्षण गर्नका लागि उनीहरुले आफ्नो शरिरमा पेन्ट गर्ने गर्दछन् । युवतीहरु पनि निकै सजिएर उक्त लडाईंमा उपस्थित हुने गर्दछन् र जसले लडाईं जितेको छ, उनीहरुले आफूलाई नै छानुन् भन्ने उनीहरुको रहर समेत हुने गर्दछ ।





Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar