४ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । कोइरालाले भारतका भावी प्रधानमन्त्री मोदीसँगै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलाई लोकसभा चुनावमा पाएको सफलताका लागि बधाइ दिएकाहुन् ।
प्रधानमन्त्री कोइरालाले मोदीलाईर् भारतका प्रधानमन्त्रीका रुपमा नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । दुई देशबीच सदियौंदेखि कायम रहेको सौहादर््रपूर्ण सम्बन्ध आउने दिनमा अझ सुमधुर हुने विश्वास व्यक्त गर्दै कोइरालाले यस क्षेत्रमा रहेका विकासका अनन्त संभावना आपसी हितका लागि उपयोग गर्न सकिने पनि बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मोदीसंगको टेलिफोन वार्तामा कोइरालाले गुजरातबाट थालेको विकासको अभियानले आफूलाई पनि निकै उत्साही बनाएको बताए । आफू नेपालमा पनि जलस्रोत, कृषि, पर्यटन लगायत विविध मानवीय तथा प्राकृतिक स्रोतहरुको उपयोग गरी जनताको जीवनस्तर उठाएर मुलुकलाई समृद्ध बनाउन आफूसंकल्पित रहेको समेत उनले बताएका छन् ।
fb