Headlines News :
fb
Home » , » रेखा थापा भन्छिन् –'सेक्सले अल्छी बनाउँछ'

रेखा थापा भन्छिन् –'सेक्सले अल्छी बनाउँछ'

४ जेठ,  काठमाण्डौ । नेपाली सिने नगरीमा सँधै जसो चर्चा र विवादमा परिरहने नायिका हुन् रेखा थापा । रेखा थापा मिडियाको मसला बनि नै रहन्छिन् ।
पछिल्लो समयमा रेखा पूर्वपति छवि ओझाबारे विवादास्पद टिप्पणी र सुदर्शन गौतमसँगको प्रेम प्रसंगले चर्चामा छिन् । त्यस त यी सबै चर्चा उनको रिलिजको तयारीमा रहेको फिल्म ‘हिम्मतवाली’को लागि हो भन्ने पनि कम छैनन् । तर कुनै पनि बिषयमा बोल्ड र फरक धारणा राखेर उनी चर्चामा आइरहेकी हुन्छिन् ।


रेखाको अन्य विषयमा जस्तै सेक्सको विषयमा पनि अरुको भन्दा फरक धारणा छ । उनी यौनलाई जैविक आवश्यकता मान्दिनन् । भन्छिन् ‘सेक्स नभए पनि बाँच्न सकिन्छ ।’ सेक्सका लागि मरिहत्ते गर्ने मानिस त उनकै साथी सर्कलमा पनि छन् । तर उनलाई त्यो ठीक लाग्दैन रे । नबुझेका मानिसमात्रै यौनको पछि लागिरहने उनको भनाई छ । यो कुरालाई प्रमाणित गर्न उनी तर्क गर्छिन्, ‘संसारमा त्यस्ता धेरै ब्रम्हचारी, योगी र सन्यासी छन्, जो सेक्स नगरी पनि बाँचेका छन् ।
यौनले मान्छेलाई ‘इनर्जेटिक बनाउ“छ’ भन्ने कुरा पनि उनलाई स्वीकार छैन । उनी त भन्छिन्, ‘मलाई त सेक्सले झन् अल्छी बनाउँछ जस्तो लाग्छ । त्यसैले अल्छी लागेको बेलामा सेक्स गर्नुभन्दा फ्रेस मूडमा सेक्स गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’
तर उनले कुनै समय भनेकी थिइन्, ‘सेक्स भनेको साधना हो । म यसलाई पूजाका रुपमा लिन्छु ।’ अहिले पनि उनी त्यो विचारमा अडिग छिन् । उनको भनाइ छ, ‘सेक्स दैनिक खाना खाएजस्तो होइन । त्यो शारिरीक या मानसिक दृष्टिले पनि । यसका लागि त राम्रो वातावरण्ँ, राम्रो मुड, गोप्यता अनि शुद्धता आवश्यक हुन्छ ।

पछिल्लो समयको यौनजीवनबारे सोध्दा उनी प्रश्न नै असान्दर्भिक भएको बताउछिन् । उनको तर्क छ, ‘किनकि बैबाहिक जीवन वा ‘लिभिङ टुगेदर’मा नरहेको मानिसको यौनजीवन नै कहाँ हुन्छ र ?’ रेखाले सुदर्शनसँगको प्रेम आत्मिक रहेको उनले बताउँदै आएकी छिन् ।
त्यसो वैबाहिक जीवनबाहेक पनि उनले चुम्बनको अनुभव गरेकी छिन् । एकजना फ्यानले उनको गालामा म्वाइ खाइदिए । अर्काले त ओठैमा चुमे । तर सेक्सकै प्रस्ताव राख्ने हिम्मत चाहिं ‘हिम्मतवाली’लाई गरेका छैनन् ।
मान्नै पर्छ हिम्मतवालीको हिम्मतवाला बोलिलाई भने ।&
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar