Headlines News :
fb
Home » » उपत्यकामा वितरण हुने अधिकांश कम्पनीको पानी दूषित, जन्डिसको खतरा

उपत्यकामा वितरण हुने अधिकांश कम्पनीको पानी दूषित, जन्डिसको खतरा

 ६ जेठ, काठमाडौं । उपत्यकामा वितरण हुने अधिकांश कम्पनीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने दूषित पानी वितरण गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणबाट यस्तो खुलासा भएको हो ।

विभागकी महानिर्देशक जीवनप्रभा लामाले नमुना परीक्षणबाट उपत्यकामा अधिकांश कम्पनीले वितरण गर्ने पानी दूषित पाइएको बताइन् । नमुना परीक्षणमा उपत्यकाको पानीमा बढी मात्रामा पीएच (अम्लीय र क्षारीय) को मात्रा अत्यधिक पाइएको उनको भनाइ रहेको राजधानी दैनिकमा खबर छ ।

प्रतिलिटर पानीमा ६ दशमलव ५ देखि ८ दशमलब ५ प्रतिशत पीएचको मात्रा हुनुपर्ने मापदण्डको व्यवस्था भए पनि बजारमा वितरण पानीमा घटबढ पाइएको विभागको भनाइ छ । चिकित्सकका अनुसार दूषित पानीको प्रयोगले झाडापखाला, जन्डिस, हैजालगायतका अन्य रोग देखा पर्ने गरेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar