'तपाईंले सुनेको साँचो हो,' गुप्ताले ट्वीटरमार्फत् मुख खोलेका छन्, 'ऐश्वर्याले मेरो एक्सन/थि्रलर फिल्म 'जज्बा' मा फिमेल लिड रोलमा खेल्ने छिन् ।' जुन कुरालाई नायिकाका प्रवक्ताले पनि स्विकार गरिसकेका छन् । सन् २००७ मा नायक अभिषेक बच्चनसँग बिहे गरेपछि पनि फिल्म अभिनयलाई नछोडेकी ऐशले चार वर्षपछि छोरीकी आमा बनेपछि भने गृहस्थीमै आफूलाई व्यस्त राखिन् ।
यतिबेला छोरी हुर्केपछि उनी पुनः सक्रिय अभिनयमा र्फकन लागेकी हुन् । केहीअघि मात्रै उनी एक कस्मेटिक प्रसाधनको ब्रान्ड एम्बेसडरमा अनुबन्ध पनि भएकी थिइन् । शुक्रबार सुरु भएको कान्स फिल्म फेस्टिभलमा पनि पुग्नेवाला थिइन् । तर फ्रान्समा भएको एअर ट्राफिक कन्ट्रोलरहरूको हडतालले दुई दिन ढिलो गरी पुग्दै छिन् ।
पहिले कान्समा ऐशलाई अभिषेकले साथ दिने अनुमान गरिएको थियो । तर उनी भने छोरी आराध्या मात्रै लिएर जाने भएपछि यतिबेला अर्को हल्ला चलेको
छ- ऐशको डिभोर्सको । बिहेपछि ऐशको चर्चा सेलाएको थियो । उनी घरभित्रै सीमित हुनुले ऐश बच्चन परिवारप्रति असन्तुष्ट रहेको हुन सक्ने अनुमान गरिएका थिए । पछिल्लो महिनादेखि त ऐशकी सासू जयासँग ठीकठाकको सम्बन्ध नरहेको खबरले हल्लीखल्ली नै मच्चायो । खबर यतिसम्म आयो कि, अभिषेक र ऐशले बाबुआमालाई छोडेर छुट्टै बस्ने तयारी गरेका छन् । तर अब भने ऐश र अभिषेकबीच पनि खटपट भएको अनुमान चलेको छ । ऐश एक्लै कान्स जानुलाई रुचिपूर्वक हेरिएका बेला अभिषेकले भने हल्ला निराधार बताएका छन् । उनले भनेका छन्, 'ठीकै छ । हाम्रो डिभोर्स हुन लागेको साँचो हो भने अब तिनीहरूले भनिदिनुपर्यो मेरो पुनर्विवाह कोसँग कहिले हुँदै रहेछ ?' अभिषेकले चुनौतीपूर्ण शैलीमा भने । कतै ऐशको कमब्याकको खबरले पनि यतिबेला बच्चन परिवारमा तनाव पो बढाएको हो कि ?