१८ बैशाख, कञ्चनपुर । पश्चिमी सीमा नाका वैशाख २४ गतेदेखि ४८ घण्टाका लागि बन्द गर्ने सहमति भएका छन् । नेपाल-भारतका अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकमा भारतको उत्तराञ्चल प्रदेशमा हुने लोकसभाको निर्वाचनका लागि नाका बन्द गर्ने सहमति भएका हुन् ।सीमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप हुन नदिनका लागि दुवै देशका सुरक्षाकर्मीहरुले सतर्कता अपनाउने र गस्तीको कार्यलाई तीव्रता दिने सहमति भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । बैठकको नेतृत्व नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल र भारतका तर्फबाट भारतको उत्तराखण्डका चम्फावत जिल्लाका एडिएम अशोक जोशीले गरेका थिए ।
