चितवन, वैशाख १८ - चितवनको बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपचारमा प्रयोग गरेर कुरियर मार्फत फिर्ता पठाउँदा बाटैबाट हराएको रेडियोधर्मी पदार्थ 'इरेडियम १९२' फेला परेको छ ।
नारायणगढ-काठमाडौ सडकखण्डमा हराएको विकिरण राखिएको बाल्टीन कलंकीबाट फेला परेको हो ।
कलंकीस्थित हिमालयन बैंक छेउमा चियापसल गरेर बस्ने तुलसीप्रसाद अधिकारीले रेडियोधर्मी राखेको बोरा ९ गत्ते फेला पारेका थिए । नजिकै डेरा गरी बस्ने ओम समाज नर्सिङ कलेजकी शिक्षिका राधा पौडेलले बोरा भित्र राखिएको बाल्टिन देखेपछि अधिकारीलाई बाल्टिन खोल्दा स्वाथ्यमा असर गर्ने भन्दै नखोल्न सल्लाह दिएकी थिइन् ।
बाल्टिनमा अस्पतालको सम्पर्क नम्बर र ठेगाना नहुंदा कसैलाई खबर गर्न नसकिएको र कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि क्यान्सर अस्पतालको भएको थाहा पाउन साथ प्रहरीलाई खबर गरी बुझाएको पौडेलले टेलिफोनमा जानकारी दिइन् । प्रहरीले सो पदार्थ स्विफ्ट कार्गो काठमाडौंलाई जिम्मा लगाएको छ ।
क्यान्सर रोगीको भित्री अंगको सेकाई गर्ने 'ब्रेकी थेरापी' मेसिनमा प्रयोग गरिने उक्त विकिरण हराएपछि चिकित्सक र बिज्ञ चिन्तित थिए । उनीहरुले हराएको विकिरण खोजीका लागि प्रशासनसँग समेत आग्रह गरेका थिए । सुरक्षित साथ बाल्टिन फेला परेकाले कसैलाई केही असर नगरेको चिकित्सकले बताए । सो पदार्थ बैशाख ८ गत्ते नारायणगढबाट कुरियर मार्फत काठमाडौं हुंदै बेल्जियमका लागि पठाइएको थियो ।