आफ्नो सिनेमाको प्रमोशनमा खुलेरै लाग्ने नायिका प्रियंका कार्कीको बिषयमा यतिबेला बजारमा अर्को चर्चा पनि चल्न थालेको छ । आफूले नै अभिनय गरेका २ सिनेमामध्ये एउटालाई काखा र अर्कोलाई पाखा गरेपछि प्रियंकाको आलोचना सुरु भएको हो ।
वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को बिषयमा प्रियंकाले केही पनि बोलेकी छैनन् । एक पत्रकार सम्मेलनमा उपस्थित हुनु बाहेक कार्कीको तर्फबाट ४ बर्षअघि निर्माण भएको यो सिनेमालाई खासै सहयोग भएको देखिदैन ।
तर ‘मेरो बेष्ट फ्रेन्ड’ प्रदर्शनमा आएको एक सातापछि हलमा आउन लागेको चलचित्र ‘आवरण’को लागि यी नायिका देश दौडामा छिन् । प्रियंकाले आफ्नै सिनेमालाई काखा र पाखा गरेपछि ‘मेरो बेष्ट फ्रेन्ड’ निर्माणपक्ष चिल्लिएको छ ।
चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’ प्रियंकाले अभिनय गरेको पहिलो सिनेमा हो । जहाा उनको थुप्रै पटक बलात्कार भएको दृश्य समावेश छ । अर्कोतिर यो सिनेमामा कार्कीले विकिनी समेत लगाएकी छिन् । प्रियंका यिनै दृश्यका कारण ‘मेरो बेष्ट फ्रेन्ड’को प्रचारमा खासै नहिडेको बताइन्छ ।
पि्रयंकाको यस्तो शैलीले ‘मेरो बेष्ट फ्रेन्ड’को निर्माणपक्ष हैराने छ । श्रोत भन्छ, प्रियंकालाई नै असफल बनाउन उनको अर्को चलचित्र ‘आवरण’साग ‘मेरो बेष्ट फ्रेन्ड’ जुधाउने तयारी पनि भैरहेको छ । जेठ २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘आवरण’साग ‘मेरो बेष्ट फ्रेन्ड’को प्रदर्शन मिति एक साता पछि सारेर जुधाउने तयारी पनि भैरहेको छ ।
निर्देशक प्रशन्न पौडेल पनि यतिबेला सिनेमाको प्रचार छोडी विज्ञापनमा छायांकनमा व्यस्त छन् । यसैले पनि नेपाली सिने बजारमा नायिका कार्कीका २ सिनेमाको लडाई हुने छनक देखिएको छ ।
fb