काठमाडौं, वैशाख १७ । नेकपा एमालेका नेता केपी ओलीलाई फंगस मेनेन्जाईटिसको उपचारका लागि आज थाईल्याण्डको बैंकक लगिने भएको छ । उनलाई ज्वरो आउने, वान्ता हुने लगायतका समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएकोमा फंगस मेनेन्जाईटिस भएको पुष्टि भएको थियो ।एमालेको आसन्न महाधिबेशनमा अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहनु भएका ओलीलाई शान्त वातावरणमा राखेर उपचार गर्न बैंकक लगिने बताईएको छ ।
उनलाई एयर एम्बुलेन्समा राखेर बैंकक पु¥याईने तयारी भएको छ । केही दिन अगाडि भारतमा उपचार गरेर फर्किनु भएका ओलीलाई चिकित्सकहरुले कम्तिमा तीन महिना आराम गर्न र धेरै ब्यक्तिहरुसंग भेटघाट नगर्न सुझाव दिएका थिए ।
