१७ बैशाख, संखुवासभा । संखुवासभामा पानीको हाहाकार मच्चिएको छ । पानीको अभाव भएपछि जिल्लाका सदरमुकाम खाँदबारी र चैनपुरका बासिन्दा पानी किनेर खान बाध्य भएका छन् । खाँदबारीमा शुद्धीकरण नगरिएको खोलाको पानी एक रुपैयाँ लिटरमा बिक्री हुन थालेको छ । खानेपानीको हाहाकार भएपछि खाँदबारी १३ को सभाखोला र अरुणनदीबाट ट्याक्टरमा ल्याएको पानी एक रुपैयाँ लिटरमा किनबेच हुन थालेको हो ।
व्यापारिक तथा प्रशासनिक केन्द्र चैनपुरमा प्रतिलिटर ७५ पैसामा पानी किनबेच भइरहेको छ । चैनपुरमा भने पिलुवाखोलाको पानी ड्रममा राखेर ल्याउँदै बिक्री गरिन्छ । खाँदबारी बजारमा वर्षौदेखि पानीको समस्या भएकाले ट्याक्टरबाट ल्याएर बिक्री थालिएको हो । यहाँका तीन दर्जनभन्दा बढी बासिन्दा, भवन निर्माणकर्ता र व्यापारिक प्रतिष्ठानले दैनिक पानी खरिद गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ । खाँदबारीमा १८ किलोमिटर दक्षिणबाट र चैनपुरमा १० किलोमिटर टाढाका खोलाबाट पानी ल्याइन्छ । पानी बिक्रेताका अनुसार प्रतिलिटर ५० पैसा मुनाफा हुन्छ ।
पानी खरिद गर्नुपर्दा प्रहरी, सुरक्षा निकाय, विद्यार्थीसम्मलाई मार परेको छ । यी स्थानमा दैनिक पाँच सयदेखि पाँच हजार लिटरसम्म फोहोर पानी आपूर्ति भइरहेको छ । सभाखोला र अरुणनदीबाट ड्रममा भरेको पानी ट्याक्टरमा राखेर १८ किलोमिटर टाढा ढुवानी गर्दै आपूर्ति गर्दा महँगो हुन पुगेको व्यवसायीहरुले बताएका छन् ।