१७ बैशाख, काठमाडौं । प्रहरीले पूर्वाधार विकास गरेर उपत्यकाको रात्रिकालीन व्यवसाय २४ सै घन्टा सञ्चालन गर्न दिने भएको छ । प्रहरीको मागअनुसार व्यवसायीहरु पूर्वाधार विकासमा लागेका छन् । ठमेल, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रुपमा रातभर सञ्चालन गर्न दिने प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ । २४ घन्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न प्रहरीले मुख्य तीन सर्त राखेको छ ।
पूर्वाधारका रुपमा सबै एसिया कभर हुने गरी सिसिटिभी जडान, निजी क्षेत्रले नै रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँमा निजी सुरक्षा गार्ड राख्ने र सडकबत्तीको व्यवस्था गर्नुपर्ने सर्त प्रहरीले राखेको छ । व्यवसायीहरुले प्रहरीको माग पूरा गर्न गृहकार्य थालेका छन् । रात्रिकालीन व्यवसाय खोल्न दिन सकारात्मक रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले बताए । ‘यसका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ,’ खरेलले भने, ‘सरोकारवाला पक्षहरुसँग थप औपचारिक छलफल गर्ने तयारीमा छौं ।’ रात्रिकालीन व्यवसाय पर्यटनको प्रमुख आधार भएको भन्दै लामो समयदेखि व्यवसाय चलाउन पाउनुपर्ने माग व्यवसायीहरुले राख्दै आएका छन् । -