विराटनगर, वैशाख १८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आउने निर्वाचनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । पार्टीको राष्टिय सम्मेलनमा सहभागी हुन बिराटनगर आए लगत्तै राष्टिय सम्मेलनमा र यसले गर्ने निर्णयबारे कान्तिपुरका गंगा बीसी, माधव घिमिरे र लीलाब
ल्लभ घिमिरेले दाहालसँग गरेको कुराकानी-
यो राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य के हो ?
यो सम्मेलनले मुख्य दुई काम गर्छ । हेटौडा महाविधेनको लाइनलाई अझ बढी प्रष्ट र परिमार्जन गर्छ । अर्को संगठन कार्यदिशा निश्चित गर्ने, संगठनको संरचना हेरफेर गर्ने र देशव्यापी रुपमा जनतासंग कसरी जोड्ने भन्नेबारे नीति विधिमा छलफल हुन्छ । विचार नीतिमा नयाँपन भन्दा पनि भएकै नीतिलाई परिमार्जन, संगठनमा नया गर्न खोजेका छौ । त्यसकारण हामीले संगठनात्मक सम्मेलनभन्दा राष्ट्रिय सम्मेलन भनेर वैचारिक सांगठनिक छलफल गर्नु उपयुक्त भन्यौ । यसको मुख्य ध्यानचाहि संगठन सुदृढीकरणमै हुन्छ ।
हेटौडा महाविधेशनका पुजीवादी क्रान्तिको कार्यदिशालाई कसरी परिमार्जन गर्नुहुन्छ ?
हेटौडा महाधिवेशनले नेपालमा सामन्तवाद, साम्राज्यवाद विरुद्ध नया जनवादी क्रान्ति गर्ने भनेर कम्युनिस्ट आन्दोलनमा २००६ सालदेखि जसरी आएको थियो, हामीले १० वर्ष जनयुद्ध र १९ दिनेलगायत अन्य आन्दोलन उत्पीडित आन्दोलनको बलमा ठूलो राजनीतिक परिवर्नत आयो । नेपाली समाज यहासम्म आइपुग्दा सामन्ती समाज रहेन, यो क्रमशः पुजीवादउन्मुख बन्दै गयो । राजतन्त्रको अन्त्य भएपछि सामन्तवाद ढल्यो । अवशेष अझै छन् । आर्थिक दृष्टिले हेर्यो भने २००६ साल वरपर हेर्दा विर्ता, जमिन्दारी प्रथा असाध्यै सामन्ती प्रथा थिए । क्रमशः समाज अर्कोठाउमा पुगरे कृषिमा व्यावसायिक जान थाल्यो । अब राजनीतिक रुपले र आर्थिक रुपले पनि सामन्तवादी अवस्था छैन । राजनीतिक रुपले पनि अब अर्धऔपनिवेशिक पनि रहेन, त्यो क्रमश नवउपनिवेशिक बन्नेतिर त्यो अघि बढ्यो । पहिले पहिले जस्तो हस्तक्षेप हुन्थ्यो, त्यो अब फेरिएको छ । त्यसकारण अब समाजको आधारभूत संरचनामा परिवर्तन भएको हुनाले नया जनवादी क्रान्ति त पुरा भएको छैन, तर पुजीवादी जनवादी क्रान्तिका त्यसका केही आधारभूत काम पुरा भए । अब बांकी कार्यभार नया तरिकाले पुरा गर्ने र समाजवादी क्रान्ति नया तरिकाले जाने हेटौडा महाधिवेशनको सार हो । यसलाई परिमार्जन गर्ने भन्ने कुराचाहि नेपालको सन्दर्भमा ब्याख्या गरेर पुग्दैन । यसलाई विश्व सन्दर्भमा हेर्नुपर्ने हुन्छ । साम्राज्यवादीहरु नवउदारवादी ढंगले आइरहेका छन् । वित्तीय पुजीको भूमण्डलीयकरण भएपछि आर्थिक शोषणको हस्तक्षेपको रुपमा आएकोले, नेपालको सन्दर्भमा कस्तो रणनीति अपनाउने छलफल गर्नुछ । अर्को कुरा विज्ञान प्रविधिको विकासले यसको पर्याप्त संश्लेषण बिश्लेष गर्नु हुन्छ । यसले कस्तो प्रभाव पारेको छ, व्याख्या आवश्यक परेको छ । वातवरणीय परिवर्तनबारे पनि वैज्ञानि विश्लेषण हुन जरुरी छ । पुजीवादी देशले के नकरात्मक योगदान गरे भन्ने छलफल हुन जरुरी छ । यसले श्रमजीवीले के गर्न सकिन्छ । समाजको वर्ग विश्लेषण नया भयो । लाखौ युवाहरु वाहिर गएका छन्, यसको के प्रभाव परेको छ । त्यसको विश्लेण गर्न बाकी छ । यी सबैको आधारमा हेटौडा महाविधेशनको लाइनलाई पुष्टि गर्न सक्नुपर्यो ।
संविधानसभा निर्वाचनमा ठूलो हार भएपछिको स्थितिबारे यो सम्मेलनले के विश्लेषण गर्छ ?
हाम्रो पार्टीमा हेटौडा महाधिवेशनका कारण यस्तो भयो भन्ने होइन । किनभने पार्टीले हेटौडा महाधिवेशनको लाइन नभएको भएाको भए यहासम्म आइपुग्दैनथ्या कि ? बरु यसले उत्पादन र निर्माणका लागि रणनीति बनाएर जनतामा सकरात्मक परिवर्तन ल्यायो ।
संगठनात्मक संरचनाचाहि कसरी गर्नुहुन्छ ?
एउटामा हामी समग्र राजनीतिक वैचारिक कार्यदिशा अनुरुप छ कि छैन भन्ने समीक्षा हुन्छ । मैले जे दस्तावेज पेश गदैछु, त्यसमा ठूलो भाग संगठनात्मक समीक्षा छ । कम्युनिस्टहरु माक्र्स, एंगलेल्सले सुरुमा के गरेका थिए, सुरुमा । त्यसपछि लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा कस्तो संगठनात्मक संरचनाको विकास गनुभयो ? माओ आएपछि दीर्घकालीन जनयुद्धको रणनीति अनुसार संगठन भनेको फौज हो, संघर्ष भनेको युद्ध हो भन्ने भयो । त्यो क्रममा कसरी संगठनको विकास भयो । हामीले २००६ सालदेखि हालसम्म के गर्यौ भनेर सिंहावलोकन गर्नुछ । नेपालमा ठूलै चिज गर्नुछ भनेर एतिहासिक पृष्ठभूमिलाई हेरिएको छ । फेरि जनवादी केन्दि्रयताबारे पनि राखेको छ । जनवादी केन्दि्रयता प्रयोग गर्नेबारे विश्वव्यापी रुपमा यति धेरै विविधता आयो, त्यसलाई पनि हाम्रो अनुभवबाट जनवादी केन्दि्रयता भनेको के हो भनेर व्याख्या गरिन्छ । अभिव्यक्तिमा स्वतन्त्रता कामकार्वाहीमा एकता कसरी लागु गर्ने भन्ने कुरा पनि छ । जनवादलाई अराजकताको रुपाम केन्दि्रयतालाई नोकशाहीको रुपमा बुझ्ने चलन देखिदै आयो । हामीकहा अराजकता र नोकरशाही पनि एकैचोटि भएको देखिन्छ । यो अनुभवलाई कसरी सच्याउन सकिन्छ भन्ने छ । अर्को नया कार्यदिशा र नया संगठन भनेको के हो भन्ने छ । हिंजो जनयुद्ध, गाउबाट सहर घेर्ने संगठन चलाएर आयौ, अहिले नया भनेका छौ । त्यो नयाले कस्तो संगठन माग्छ भनेर दस्तावेजमा चर्चा गरिएको छ । यो राष्टिय सम्मेलन एउटा कोशेढुगा होस् भन्ने चाहेको छु ।
यस्तै ताल हो भने एमाओवादी विसर्जन हुन्छ भन्ने कुरा पनि आएका छ नि ?
हाम्रो पार्टी कतिपयले सोचेजस्तो विसर्जन हुन्छ भन्ने कुरामा म सहमत छैन । संगठनका गजबको गति आएको छ । कतिपय ठाउमा सम्मलेन स्थगित भएका छन्, विवाद भएको छ । शान्ति प्रक्रियामा आएपछि आन्तरिक जीवनको लागि नेता र कार्यकर्तामा यति गति कहिले पनि आएको थिएन । सम्मेलने चासो, चिन्तन पैदा भएको छ । यो राम्रो पक्ष हो । माओवादीमा इमान्दार कार्यकतर्काको ठूलो संख्या छ देशभरि । एकथरिले सोचेका होलान्, एमाओवादी विसर्जन होस् भनेर । एमाआवादी पार्टी धेरै परसम्म जान्छ । एमाओवादीको स्पष्ट परिचय के छ भने दक्षिपन्थी र उग्रवामपन्थीको बीचको ठाउमा रहनु हो । यो स्पेश धेरै लामो समय रहन्छ । एकातिर दक्षिणपन्थी संशोधनवाद र अर्को जडसूत्रबादको बीचबाट अघि बढ्ने सिद्धान्तको ठाउ रहन्छ । तपाई हेर्दै जानु होला, हजारौ कार्यकर्ताको लगानी भएकाले सहजै सिद्धिन्छ भन्ने नसोचे हुन्छ ।
संगठन चुस्त कसरी बन्छ, जबकी जम्बो केन्द्रीय समिति छ ?
हामीले एकमतले ९९ बनाउने सहमति भइसकेको छ । यसमध्ये ७५ प्रतिशत विधि प्रक्रियाबाट निर्वाचित गर्छौ, २५ प्रतिशतत मनानित गर्छौ । हाम्रो कोशिश ७५ प्रतिशत पनि सहमतिबाट र २५ प्रतिशत त्यस्तै हो । यसो गर्दा समावेशी, समानुपातिकको जमाना छ, अधिकतम सम्बोधन गर्ने गरी प्रस्ताव लाने प्रयत्न हुनेछ ।
तपाईले सार्वजनिक रुपाम पदका लोभी गए हुन्छ भनेरे भन्नुभयो नि ?
मैले अस्ति माथिदेखि तलसम्म एउटा प्रवृत्ति बढी आत्मकेन्दि्रत हुने देखिएको छ । यो खुला राजनीतिमा हुदोरहेछ । यस्तोबेला समूह, व्यक्तिगत स्वार्थमा चल्ने हुने रहेछ । कम्युनिस्ट पार्टी त्यस्तो हुदैन भन्ने सन्दर्भमा भनेको हो । कयौ मान्छे आएका छन्, पद पाए बस्ने, नत्र जाने भन्छन् । मैले त्यता पनि संकेत गरेको हो । यहा नेतृत्वलाई भनेको हो कि भन्ने नपरोस् । मैले नेतृत्व टीमतिर संकेत गरेको होइन । कतिपय मान्छे संविधानसभामा जितिन्छ भनेर आएका थिए, जितेनन् । पद नपाए जान्छु भन्छन् भने गए हुन्छ भनेको हो । संगठन सुदृढीकरणका लागि भनेको हो ।
पार्टी संगठन बलियो बनाउन गलत काम गर्नेलाई कार्वाही गर्नुपर्ने होइन ?
निर्वाचनपछि आयोग बनाएका थियौ, निर्वाचनमा अन्तरघात गर्नेलाई छानविन गर्ने भनेर । यो पटक पाटीले नया काम गर्यो, सम्पूर्ण आयोगले सिफारिश गरेका सयौलाई कार्वाही गरेका छौ । दण्डहीनताले पार्टीलाई बिगार्यो भनेर कार्वाही गरिएको हो ।
राष्टिय सम्मेलनले नेकपा माओवादीलगायतसंग पार्टी एकताको निर्णय गर्छ ?
गर्छ । प्रस्तावका रुपाम यसबारे दुई प्रस्ताव जान्छ । कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउने पहल गर्नुपर्छ । एउटै पार्टी बनाउन आवश्यक भइसकेको छ । पार्टीका लागि र नेपाल राष्टको स्वतन्त्रताको रक्षाका लागि कम्युनिस्टहरु एउटै केन्द्रमा आउन ढिला गर्न हुदैन भन्ने हुन्छ । त्यसको सुरुवात माओवादी विभिन्न धारा प्रवृत्तिबाट सुरु गरी एमालेसम्मलाई पहल गर्नुपर्छ भन्ने नै ठोस रुपमानै त्यो प्रस्ताव जादैछ । वामपन्थीले रणनीति त्यता लानुपर्छ । संविधानसभाभित्र समान एजेण्डा हुनेबीच पनि मोर्चा बनाउनुपर्छ, त्यस्तै मोर्चा बाहिर पनि बनाउनुपर्छ । परिवर्तनको एजेण्डामा जो सहमत हुन्छन् । हामीले केही गंभीर कुराकानी पनि केही पार्टीसग गरेका छौ । दक्षिण एशियामा एउटै पार्टीले बहुमत पुर्याउने कम संभावना हुदै गएको छ । यो अझै रहन्छ । हामीले परिवर्तनको एजेण्डा मिल्नेबीच रणनीतिक मोर्चा बनाएर सडक, सदनमा जाने भन्ने कुरा छलफल चलेको छ ।
अध्यक्षको हैसियतले तपाईल पद त्याग गरेका बाबुराम भट्टराई र 'सत्याग्रह' मा रहेको भनेका नारायणकाजी श्रेष्ठलाई कसरी मिलाउनु हुन्छ ?
वैचारिक राजनीतिक लाइनमा बिवाद छैन । यो लाइनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हो । कम्युनिस्ट पार्टीभित्र लाइन मिलेन भने समस्या पर्ने हो । लाइन मिलेपछि यसो गरे हुन्छ कि त्यसो गरे हुन्छ भन्ने भइरहन्छ । बिभिन्नखालका असन्तुष्टि आउनु भनेको यो पार्टी लोकतान्त्रिकरण हुदैछ भन्ने हो । हाम्रो पार्टीमा लोकतान्त्रिक अभ्यास हुदैछ ।
नयाँ केन्द्रीय समितिमा पद कसरी मिलाउनु हुन्छ ?
पदको बिषयमा छलफल गरेका छैनौ । यो पटकमा सबै पद टुंग्याउनु पर्छ भन्ने छ । महाधिवेशनजस्तो बाकी राखेर नहिड्ने भन्ने छ ।
यो केन्द्रीय समितिमा नयाले पनि मौका पाउछन् ?
सबै पुराना आउछन् भभ्नन सकिदेन । उमेर, स्वास्थ्य अन्य कारणले पुराना जाने हुन्छ । केही साथीहरु हट्नै पर्छ । केही वरिष्ठ पनि हट्नैपर्छ । युवा पुस्ताबाट पनि उल्लेख्य ल्याइन्छ । सबै पक्षलाई संयोजन गरिन्छ ।
तपाई अझै कति कार्यकाल अध्यक्ष रहनुहुन्छ ?
हामीले नेतृत्व हस्तान्तरण गर्न आवश्यक छ । यसका लागि तयारी गरेर हस्तान्तरण गर्नुपर्छ । अर्को महाधिवेशनसम्म यही टीम जानुपर्छ । महाधिवेशनपछि पुरै नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।