Headlines News :
fb
Home » » नदीले बगाएर दाङमा मात्रै १३ जनाको मृत्यु

नदीले बगाएर दाङमा मात्रै १३ जनाको मृत्यु

दाङ : अविरल वर्षाकाकारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दाङमा मात्रै १३ पुगेको छ। वर्षापछि बबई नदीमाआएको बाढीमा परेर बेपत्ता भएकामध्ये थप ७ जनाको शव भेटिएपछि मृत्यु हुनेहरुको संख्या १३ पुगेको हो। शुक्रबार छ जनाको मृत्यु भएको थियो।

बबई नदीको बाढीमा बगेर शुक्रबारदेखि बेपत्ता भएका डुरुवा– १ गनारीका ९ वर्षीया लीला खत्री, गोल्टाकुरी– ३ का सुनिता डाँगी, धनौरी– २ का ६० वर्षीय शेरबहादुर वली, उनकी श्रीमती ५६ वर्षीया खली वली र छोरी १२ बर्षीया अस्मिता वलीको शव शनिबार बिहान बबई नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यसैगरी पुरन्धारा– ९ गंगटे र शान्तिनगरको चिराघाट खोलामा पनि दुईवटा शव फेला परेका छन्। शव भेटिएको दुबै स्थानमा प्रहरीको टोलीपुगेको तर शनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी चक्रराज जोशिले जानकारी दिए।

बाढीमा परेर अझै जिल्लामा ४ जना बेपत्ता भएका छन् । बेपत्ताहुनेहरुमापञ्चकुले– ८ घर भएका विजयकुँवर, द्रोपतीकुँवर र उनका दुई छोरा रहेका छन् । उनीहरु आफन्तको घरमाधनौरी–२ माआएको बेला बाढीमा परेको बताइएको छ। बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार डुरुवा– १ गनारीमा२ जना, उरहरी– ६ मोतीपुरमा २ जनार पुरन्धारा– ९ गंगटेमा २जनाको बाढी र घर भत्किएर मृत्यु भएको थियो । बबई नदीमाआएको बाढी धर्ना, सौडियार, उरहरी, फूलबारी, गोल्टाकुरी, डुरुवा, श्रीगाउँ, पञ्चकुले, पुरन्धारा र धनौरीकाविभिन्नगाउँमा पस्दा १ सय ९ घर भत्किएको र ८३ घर डुबानमा परेको दाङकाप्रहरी प्रमुखएसपी शरदकुमार खत्रीले जानकारी दिए । शनिवार मौसममा सुधार आएपछि बाढीपीडितहरुले बगेका सामानहरु खोज्न सुरु गरेका छन्। यसैबीच बाढीले क्षति पुर्याएका क्षेत्रमाजिल्ला दैवीप्रकोप उद्धार समितिको टोलीशनिवार स्थलगत अनुगमनका लागि गएको छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar