Headlines News :
fb
Home » » 'चरी' का दाजुद्वारा सर्वोच्‍चमा रिट

'चरी' का दाजुद्वारा सर्वोच्‍चमा रिट

काठमाडौं : दिनेश अधिकारी 'चरी' को गैरन्यायिक हत्या भएको भन्दै किटानी जाहेरी दर्ता गर्न आदेश मागसहित मृतकका दाजु ध्रुव अधिकारीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

आफूले चरीको
हत्यासम्बन्धमा गत साउन २७ गते किटानी जाहेरी दिए पनि महानगरीय प्रहरी परिसर हनुमानढोकाले दर्ता गर्न नमानेको रिटमा उल्लेख छ। पक्राउ गरेर हत्या गरिएको भए पनि मुठभेडमा मारिएको भनेर घटना ढाकछोप गर्न खोजिएको भन्दै अधिकारीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रभावित हुन नदिन आदेशको माग गरेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिषद् प्रमुख एसएसपी उत्तम कार्की, डीएसपी मीरा चौधरी, प्रहरी निरीक्षक कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालाविरुद्ध किटानी जाहेरी दर्ता गर्न रिटमा माग छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar