Headlines News :
fb
Home » » यौन सन्तुष्टिको लागी योनीको बिशेषता र आकार प्रकार कस्तो हुनुपर्छ ? "डा. आदर्श प्रधान"

यौन सन्तुष्टिको लागी योनीको बिशेषता र आकार प्रकार कस्तो हुनुपर्छ ? "डा. आदर्श प्रधान"

डा. आदर्श प्रधान,मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो श्रीमती या प्रेमिकाकोयोनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । वास्तवमा योनीकसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ ।
कसिलो योनी: कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् ।महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्तमात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ ।
तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारणसंकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयारहुँदा योनी सधँ लचकदार हुन्छ ।

कसिलो योनी: कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् ।महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्तमात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ ।
तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारणसंकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयारहुँदा योनी सधँ लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल,चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनीलचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ । समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंगपसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छन, सम्भोग गर्न मान्दैनन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुनसक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

खुकुलो योनी: महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ । जुन बेलायोनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेरकुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ ।महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएकोठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन ।
योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चाजन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केहीमहिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ ।यस्तो अवस्थामा योनी सम्बन्धी केही कसरत गर्न सकिन्छ ।

   
केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ । केगेल विधि गर्दा पिसाब फेर्दामांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने,खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्मखुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ ।
   
 यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमाकसिलोपन आउँछ । विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनिगर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ ।तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो । यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन् ।यसबारे सचेत हुनु जरुरी छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar