Headlines News :
fb
Home » » मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन -

मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन -


४ भदौ, काठमाडौं । नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई नै हराएर मलेसियाले उपाधि उचालेको थियो ।
उमेर समूहमा नेपाल पााच वर्षपछि च्याम्पियन बनेको छ । यसअघि सन् २००९ मा पृथु बास्कोटोको कप्तानीमा एसीसी यू-१७ जितेयता नेपाल उपाधिविहीन थियो ।
किनरारा ओभरमा नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दिए । २६ बलको सामाना गरे चार चौका र ६ छक्का समेत हानेका थिए । यस्तै रवि चन्दले ३२ रन जाडे ।
नेपालका पवन म्यान अफ दि म्याच घोेषित भए ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar